विराटनगर । साहित्यिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘काव्य उद्यान नेपाल’ विराटनगरमा गठन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको संस्थाको औपचारिक उद्घाटन विराटनगरस्थित एलिट क्लबमा गरिएको हो ।

प्राज्ञ विवश पोखरेलले ब्यानर अनावरण गर्दै संस्थाको उद्घाटन गरेका थिए । कार्यक्रममा साहित्य क्षेत्रका स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो । सयौंको संख्यामा उपस्थित सहभागीबीच संस्थाको उद्देश्य र आगामी गतिविधिबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी स्रष्टाहरूले काव्य उद्यान नेपालले साहित्यिक सिर्जना र गतिविधिलाई थप व्यवस्थित बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरे । उनीहरूले संस्थाका पदाधिकारीलाई शुभकामना दिँदै साहित्यिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न सुझावसमेत दिए ।

संस्थाको अध्यक्षमा भूपाल अधिकारी, उपाध्यक्षमा ऋषि तिवारी, सचिवमा केशव रिजाल, कोषाध्यक्षमा अन्सु गुप्ता र सहसचिवमा सुशीला प्रसाईं दङ्गाल रहेका छन् ।

त्यस्तै सदस्यहरूमा शरद प्रधानाङ्ग, पुण्यप्रसाद चौलागाईं, तारा श्रेष्ठ, रेणुका राई, यमुना भट्टराई र किरण रिजाल छन् । सल्लाहकारमा भवानीप्रसाद पोखरेल, लिलानाथ सिलवाल, रमेन्द्र कोइराला, कुमार श्रेष्ठ र सुरेश अग्रवाल रहेका छन् ।