विजयपुर । सुनसरीको कोशी गाउँपालिका–४, कोशी कटानबाट प्रहरीले ११ किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी कटानमा रहेको अस्थायी प्रहरी चौकी शिवचोकबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ पैदल आउँदै गरेका धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २८ वर्षीय चरन राईलाई पक्राउ गरेको हो । प्रहरीकाअनुसार राईले बोकेको झोला खानतलासी गर्दा ११ किलो १२० ग्राम गाँजा फेला परेको छ । गाँजासहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।