विजयपुर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–६ स्थित हलेसी चोकबाट ४४ वर्षीय विनोद चौधरी पक्राउ परेका हुन् । इनरुवा नगरपालिका–९ का चौधरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दामा झुम्का कारागारमा बन्दी थिए । उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
प्रहरीले पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको जनाएको छ । उनलाई पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।