आज कुशे औंसी हो । आजको दिन ब्राह्मण वा पण्डितज्यूहरूबाट ल्याइएका कुशहरू घरघरमा राखिन्छ । जजमानहरूले ब्राह्मण वा पण्डितज्यूहरूलाई आफ्नो गच्छेअनुसार दक्षिणा दिइने गरिन्छ । हिन्दू धर्मावलम्बीहरूमा कुशको ज्यादै ठूलो महŒव रहेको छ । आज गोकर्ण औंसी पनि हो । काठमाडौँस्थित गोकर्णमा भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ । गोकर्णेश्वर महादेवको दर्शन गरी स्वर्गवास भएका आफ्ना बुबाको स्मरणमा श्राद्ध गर्ने, दान धर्म गर्ने गर्दछन् ।

आज बुबाको मुख हेर्ने दिन पनि  हो ।  सबै छोराछोरीहरूले आज आफ्नो बुबाको मुख हेर्ने गर्दछन् । यस दिन उनीहरूले आफ्नो बुबालाई विविध परिकार खुवाउनुका साथै उपहार पनि दिने गर्दछन् । विशेषतः विवाह भैसकेकका छोरीचेलीहरू माइत जाने र आफूलाई जन्म दिने आफ्नो बुबाको मुख हेर्ने गर्दछन् । बुबाको मुख हेर्दा छोरीचेलीहरूले विभिन्न उपहारसहित मिठाईका परिकारहरू, स्वादिष्ट खानेकुराहरू खुवाउने गर्दछन् । विवाह नभएका छोराछोरीहरूले पनि आजको दिन आफूलाई जन्म दिने बुबाको मुख हेर्ने गर्दछन् । आफूलाई जन्माई हुर्काई आजको दिनसम्म डो¥याएको खुसीयालीमा आफ्नो बुबाप्रति कृतज्ञता जनाउने दिनको रूपमा पनि आजको दिनलाई लिइन्छ । वर्षदिनमा एक पटक मात्र आउने यस्ता चाडहरू अति महŒवपूर्ण मानिन्छन् ।  

आ—आफ्नो चलन र परम्परा अनुसार आफ्नै मूल्य मान्यतामा आजको दिनलाई मनाउने गरिन्छ । यदि आफ्नो बुबा स्वर्गवास भइसक्नुभएको छ भने बुबाको स्मरण गर्दै उहाँको नाममा मन्दिरमा गएर ब्राह्मणहरूलाई फलफूल, चामल, दाल आदि राखेर सिदा दिने, दान धर्म गर्ने पनि गरिन्छ भने मन्दिर जान नसकेका वा नभ्याएका जजमानहरूले घरमै पुरोहित बोलाएर सिदा दिने गर्दछन् । बौद्घ धर्मावलम्बीहरू पनि यस दिन बुद्घ मन्दिर वा गुम्बामा गएर आफ्नो परम्परा अनुसार भिक्षुहरूलाई सिदा, द्रव्यदान दिने गर्दछन् । कतिपयले भने आफ्ना दिवङ्गत बुबाको स्मृतिमा मन्दिर परिसरमा बसेका अशक्त वा असहायहरूलाई आफ्नो इच्छाअनुसार द्रव्य वा फलफूल दान दिने गर्दछन् । 

 वर्षदिनमा एकदिन मात्र बुबाको मान राख्ने तर अन्य बेलामा सोधखोज नगर्ने, नहेर्ने कतिपय छोराछोरीहरू पनि यो संसारमा होलान् । त्यस्तैगरी कतिपय छोराछोरीहरूले वृद्ध भएका आफ्ना आमाबुबाहरूलाई आफूले नपाली, नहेरी वृद्धाश्रममा लगेर राखेका पनि होलान् । यस्तो कार्य गर्नु कदापि राम्रो होइन । आफूलाई जन्म दिने जन्मदातालाई हेप्ने, नोकरचाकरको जस्तो व्यवहार गर्ने र वृद्धाश्रममा राख्नाले ती वृद्ध आमाबुबाको मन अति विचलित हुन्छ, तिनीहरूलाई अति पीडा हुन्छ । आज जस्तो व्यवहार छोराछोरीहरूले आफ्नो बुबाआमालाई गर्दछन्, त्यस्तैगरी उनीहरूका छोराछोरीहरूले पनि भविष्यमा  तिनीहरूलाई त्यस्तै व्यवहार नगर्लान् भन्न सकिन्न । आफूले ठूलाहरूप्रति गर्ने गरेको व्यवहार नै आफ्ना छोराछोरीहरूले सिक्ने हुन् । त्यसैले जिउँदो देवतारूपी आफ्नो बुबाको  सधैँ सेवा गर्नु, आदर गर्नु, उनीहरूको आवश्यकतालाई पूरा गर्नु, उनीहरूलाई साथ दिनु नै असल छोराछोरीहरूको परम् कर्तव्य र दायित्व पनि हो ।

कुशको वैज्ञानिक महत्व

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । 

नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधिहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ, उसलाई अब्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो ।

आज औंशी अर्थात् चन्द्रविनाको चूक झैँ अँध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरूड पुराण, अथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननी हुन् । आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिसीट्युरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यावहारिक पक्षलाई घनीभूत आत्मसात गर्न थालेका छन् ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठी कुशलाई विकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण विकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यावहारिक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अद्भूत कुशबाट बनेका औँठीहरु र अन्य सांस्कृतिक प्रयोगमा हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्दछ । दाहिने हातको औ“लामा कुशलाई औँठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरुले स्पष्ट पार्छन् ।