इलाम । देउमाई नगरपालिका–१, साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहीबार प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो गाउँको भित्री सडकमा पल्टिँदा देउमाई–१, चमैताका ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार बोलेरो पल्टिएपछि बस्नेतलाई सोही गाडीले किचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत मात्र सवार थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।