विजयपुर । कोशी ब्यारेजमा पानीको बहाव बढेर २ लाख ५४ हजार ६० क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।

कोशी ब्यारेजका अनुसार पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले ब्यारेजको अवस्था खतराको स्तरमा पुगेको छ । हाल ब्यारेजका ३३ वटा ढोकाहरू खोलिएका छन् । 

पानीको सतह र बहाव बढ्दो क्रममा रहेकाले कोशी नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नदी किनारमा अनावश्यक रूपमा नजान तथा सम्भावित जोखिमप्रति सचेत रहन अनुरोध गरिएको छ ।