विजयपुर । कोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेज क्षेत्रमा अत्यधिक खतराको अवस्था देखिएको छ ।
पछिल्लो मापनअनुसार ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले कोशी ब्यारेजको अवस्था अत्यधिक खतरनाक भएको छ । उच्च बहावका कारण ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् ।
कोशीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी आसपासका तटीय क्षेत्र र बस्तीमा जोखिम बढेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सतर्क रहन तथा नदी किनारमा नजान आग्रह गरिएको छ ।
३ लाख क्युसेकभन्दा बढी बहाव र अत्यधिक जोखिमको अवस्था देखिएसँगै कोशी आसपास उच्च सतर्कता आवश्यक देखिएको छ ।
































