श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल मङ्सिर १० गते बिहीबार, २६ नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। मार्गशिर्ष कृष्णपक्षको द्वितीया तिथि १६:४८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र मृगशिरा २२:०७ बजेसम्म, उप्रान्त आर्द्रा, चन्द्रमा राशि वृष, सूर्योदय ०६:३४ बजे र सूर्यास्त ०५:०६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरिएको कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। पेसा-व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले राम्रै अवसर दिलाउनेछ। अवसर तथा सफलताले पछ्याउनेछन्। फलदायी यात्रा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लेखन तथा अभिव्यक्ति कलामा निखार आउनेछ। बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

































