धरान– एमाओबादी नेता तथा ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यारा बालकृष्ण ढुङगेललाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।सर्बोच्च अदालतले हत्या गरेको पुष्टि गर्दै जन्मकैद सुनाएका ढुङगेल आजनैतिक संम्रक्षणका आडमा खुलम्खुल्ला हिडिरहेका थिए । उनले ओखलढुङगा पोकली–२ लेतीका उज्जन श्रेष्ठको हत्या गरेको अदालतले पुष्टि गरिसकेको छ ।

balkrishna-dhungel उनलाई पक्राउ गर्न सर्बोच्च अदालतले सरकारलाई फैसालाको पुर्ण पाठ पठाएको छ ।  यसअघि राजनैतिक एमाओबादीको दबाबमा प्रहरी र फैसला कार्यान्वयन गर्ने निकायले (कारगार सम्बद्ध अधिकारी)हरुले  फैसला भएको औपचारीक जानकारी नभएको बाहाना बनाएका थिाए ।  मुद्धाको फैसला भएको चार महिनापछि सर्वोच्चले पूर्णपार्ठ ै सरकार र अन्य निकायलाई पठाएको छ ।
 अदालतले पटक पटक व्यक्ति हत्यामा संलग्न रहेको ठहर गरी फैसला कार्यान्वयन गर्न अनुरोध गरेपनि प्रहरीले बाहाना गरेर पक्राउ गरेको थिएन । अब भने प्रहरीले उनलाई समान्तुबाहेक अर्को बिकल्प देखिदैन ।
व्यक्ति हत्या आरोपमा दोषी ठहर भएका ढुंगेलको मुद्दा कार्यान्वयन माग गर्दै सावित्री श्रेष्ठले दिएको निवेदनमा फैसला गर्दै सर्वोच्चले उनलाई उन्मुक्ति दिन नमिल्ने समेत भनेको थियो ।