धरान–बेलायतकी महारानी एलिजावेथले ‘लभ लेटर’ लिलामी भएको छ । महारानीले १९४७ मा विवाहभन्दा केही महिना अगाडि लेखेको ‘लभ लेटर’ १४ हजार पाउण्डमा लिलाम भएको छ । २१ बर्षको उमेर हँदा उनले लेखेको ‘लभ लेटर’ लिलामी भएको हो । लभ लेटरमा महारानीले युवराज सँगको आफ्नो जोडि कस्तो देखिन्छ भन्ने उल्लेख भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । बेलायतकी महारानी एलिजावेथ–द्वितीयको दुई पेज लामो सो ‘लभ लेटर’मा एलिजावेथले युवराज फिलिपसँग कसरी प्रेम भयो रोचक कहानी समेत उल्लेख भएको जनाईको छ । सो चिठ्ठी ८ सयदेखि १२ सय पाउण्ड लिलाम हुने अनुमान थियो, तर अनुमानभन्दा १८ गुणा धेरैमा पत्र लिलाम भएको हो । चिपेनहाम लिलामी घरका रिजर्ड एड्मोंड्सले यस्तो ऐतिहासिक दस्तावेज बिक्री गर्नु सम्मानको विषय भएको बताए। यो पत्र यस्तो समयमा लिलाम गरिएको छ २१ अप्रिलमा महारानीको ९० औं जन्मदिनमा मनाइएको थियो । महारानी एलिजावेथ र युवराज फिलिपको १९४७ मा विवाह भएको थियो ।