ताप्लेजुङ / ताप्लेजुङमा हाल सम्म द्धन्द्धको समयमा भएका २१ वटा उजुरी दर्ता भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले स्थानिय शान्ति समितिको कार्यालय मार्फत देशैभर उजुरी संकलन गर्न सुरु गरेसँगै ताप्लेजुङमा एक साताको अबधिमा यतिको संख्यामा उजुरी दर्ता भएको हो ।
स्थानिय शान्ति समिति ताप्लेजुङका अनुसार बेपात्ता दुई र बाँकि १९ वटा घाईते, अपाङ्ग, विस्थापित, सम्पती क्षति, अपहरण, हत्या र बलत्कार सम्बन्धी उजुरी रहेका छन् । सुरुवाको समयमा न्यून उजुरी आए पनि पछिल्लो समय प्रचार प्रसारका कारण उजुरीको संख्या बढेको स्थानिय शान्ति समिति ताप्लेजुङले जनाएको छ ।
माओवादि ससस्त्र द्धन्द्धको समयमा गम्भिर मानवअधिकार उल्लङ्घनका घटनाको वास्तविकता पत्ता लगाई सार्वजनिक गर्ने तथा पीडित र पीडकबिच मेलमिलाप गराउने साथै पिडितलाई उचित क्षतिपुर्तिको लागि सरकारसमक्ष सिफारिसगर्ने उद्धेश्यले गठन भएको आयोगले बैसाख पाँच गतेबाट देशभर एकैसाथ उजुरी संकलन सुरु गरेको छ ।
एक वर्ष अघि गठन भएको आयोगले आगामि असार दुई गते सम्म उजुरी लिने बताएको छ । बेपत्ता पारीएका व्याक्तिका लागि गठन भएको आयोगले भने जेठ मसान्त सम्म मात्र उजुरी लिने जनाईएको छ । स्थानिय शान्ति समिति ताप्लेजुङले यस अघि संकलन गरेको तथ्याङ्कमा भने ताप्लेजुङ जिल्लामा सर्वसाधारण तर्फ मृतकका परीवार दुई सय, सेना प्रहरी तर्फ बाह्र र छ बेपत्ताको संख्या रहेको छ ।
मृतक र बेपत्ता सहित सबै किसिमका द्धन्द्ध पिडित परीवारको संख्या भने ताप्लेजुङमा पाँच सय वढि रहेको स्थानिय शान्ति समितिका सदस्य सचिव इक्साहाङ मेन्याङ्बोले बताए । हाल दर्ता भईरहेका उजुरी आवस्यक छानविन गरी सत्य तथ्य पत्ता लगाई कारवाहिका लागि सरकार समक्ष सिफारिस गर्ने ताप्लेजुङ पुगेका आयोगका सदस्य लिला उदासि खनालले बताए । उनका अनुसार गत शुक्रबार सम्ममा देश भर आठ सय उजुरी परेको खनालको भनाई छ । आयोगले २०५२ साल फागुन १ देखि २०६३ मंसिर १ सम्म भएको ससस्त्र द्धन्द्धको समयको मात्र उजुरी लिने बताएको छ ।