धरान÷धनकुटाको ताङखुवा स्थित ज्यामिरेमा ऐसेलु खान गएकी एक महिला पासोमा परेर घाईते भएकी छिन् ।
 उनको धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । स्थानिय शेरबहादुर लिम्बुले मृग मार्न थापेको पासोमा राखिएको भरुवा बन्दुक पड्किएर  स्थानि २८ बर्षिया बुधमाया भट्टराई घाईते भएकी हुन ।
 प्रहरीले  शेरबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको  छ । घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विमल बस्नेतले जानकारी दिनुभयो ।