धरान /बजारलाई चुस्त पार्न औषधि, खाद्य तथा मासु पसलहरुमा बुधबार गरिएको अनुगमनमा अखाद्य मासु तथा फलपूmलहरु फेला परे पनि जफत गरिएन ।
अखाद्य वस्तु फेला परे पनि अनुगमन टोलीले सचेत मात्रै गराएको छ, नष्ट भने गरिएन । धरान–९ को धरान मिट पे्रmस हाउसमा झण्डै ८० हजार रुपैयाँबराबरको मासु खराब भेटिए पनि सचेत मात्रै गराइएको छ । Untitledटोलीमा संलग्न कर्मचारीले नष्ट गर्नुपर्ने धारणा राखे पनि नष्ट गरिएन । मिट हाउसकी सञ्चालिका पारु कटुवालले विद्युत् आपूर्ति नहुँदा मासु बिग्रिएको गुनासो टोलीसमक्ष गरेकी थिइन् । उनले चाँडै नष्ट गर्नेसमेत बताइन् ।
त्यस्तै, भर्खरै धरानमा खुलेको भाटभटेनी सुपरमार्केटमा समेत प्याक गरिएको स्याउ र एक लिटर बोतलको स्प्राइट म्याद गुज्रेको अवस्थामा फेला परेको थियो । त्यत्रो सुपरमार्केटमा डिस्पोज गर्ने स्थान भने नभएको त्यहाँ कार्यरत् कर्मचारीहरुले बताए । जिल्ला प्रशासनबाट खटिएको टोलीले त्यहाँका कर्मचारीलाई ती सामग्री डिस्पोज गर्न निर्देशन दिएको थियो ।
धरानका औषधि पसलहरुमा गरिएको अनुमगनमा अधिकांशले नवीकरण म्याद गुजारेको पाइएको थियो भने कतिपयले घरेलु कार्यालयबाट इजाजतपत्रसमेत नलिएको पाइएको थियो । धरान–१८ को सीताराम मेडिकल हलमा दुई वर्षदेखि धरान उपमहानगरको नवीकरण फेल भएको पाइएको थियो । सञ्चालक सुमनकुमार देवले चाँडै नवीकरण गर्ने बताए । औषधि व्यवस्था विभागले चुस्त कागजात नराखेको भन्दै र घरेलुले दर्ता गर्न पत्र काटेको थियो ।
विजयपुर हस्पिटलको समेत नवीकरण फेल भइसकेको विभागका प्रमुख गणेशबहादुर तामाङले बताए । ‘तत्कालै नवीकरण गर्नको लागि निर्देशन दिएका छौँ ।’ उनले भने । जिल्ला प्रशासनबाट प्रशासकीय अधिकृत विश्वनाथ ओझा, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक रमेश दाहाल, जिल्ला पशु कार्यालयका भेटेरिनरी निरीक्षक कमल गिरी, उपमहानगरका वातावरण शाखा प्रमुख शिशिर श्रेष्ठलगायत प्रहरीसहितको टोलीले अनुगमन गरेको थियो ।
इटहरीमा पनि अनुगमन
कृष्ण भाँडा पसलले प्रतिबन्धित सानो सिलिण्डर ग्याँस खुलेआम बिक्री गरिरहेको अवस्थामा अनुगमन टोलीले ग्यास नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल विभाग, जिल्ला पशु कार्यालय, उपमहानगर, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले सो पसलबाट चारवटा साना सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पसलका सञ्चालकलाई एक हप्ताभित्र जिल्ला प्रशासनमा हाजिर हुन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताए । करीब ६ महिनाअघि पनि सोही पसलका सञ्चालकले ठूलो सिलिण्डरबाट सानो सिलिण्डरमा ग्याँस सार्ने हुँदा विष्फोट भएको थियो । यस्तै अनुगमनको क्रममा इटहरी चोकको नमस्ते मिट सेन्टरमा कुहिन लागेको मासु बिक्रीका लागि राखेको  भेटिएकाले टोलीले नियन्त्रणमा लिएको थियो ।
इटहरी–८ को एक पाउरोटी उद्योग विनादर्ता सञ्चालन भइरहेको पाइएको छ । कोशी प्रोडक्ट्स, मुस्कान पाउरोटी, होटेल मनास्लु, कृष्ण भाँडा पसल, प्रजेश औषधि पसल, प्राञ्जल सुनचाँदी पसल, ममता होमियो क्लिनिक, बीपी चोकको सञ्जेल, मामा र जुवेत मासु पसलहरु, महेन्द्र आयल स्टोर्स, सुब्बा मेडिकल हल, सपना किराना पसल, न्यौपाने इन्टरप्राइजेजमा अनुगमन गरेको थियो ।