पाँचथर/ स्थानीय शान्ति समिति पाँचथरको अध्यक्षमा तुम्याहाङ नेम्बाङ निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न समितिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका लोकेन्द्र आले मगरलाई हराउँदै सङ्घीय समाजवादी फोरमको तर्बाट उम्मेदवारी दिएका नेम्बाङ शान्ति समितिको अध्यक्ष निर्वाचित भएका हुन् ।
कूल २४ मतमध्ये २१ मत खसेकोमा नेम्बाङको पक्षमा १३ र मगरको पक्षमा ८ मत खसेको थियो । चक्रीय प्रणाली अन्तर्गत ६–६ महिना समितिको नेतृत्व गर्ने भनिए तापनि नेतृत्वको विषयमा दलहरुबीच किचलो हुँदा समिति अध्यक्षमा पटक–पटक निर्वाचन हुँदै आएको छ ।