झिलझिले /सुनचिउरी वंश उत्थान समितिको भेलाले मानबहादुर सुनचिउरीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
झापाको धाइजन–६ शहरेडाँगीमा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा डम्बरबहादुर र सीता सुनचिउरी छन् । सचिवमा मोहन, सह सचिवमा चित्रबहादुर र कोषाध्यक्षमा सविता सुनचिउरी निर्वाचित भए । यसैगरी सदस्यहरुमा बमबहादुर, रेखा, सन्तबहादुर, जितबहादुर, सन्तबहादुर, बिचारी, ज्ञानबहादुर, अमृत सुनचिउरी छन् ।
सल्लाहकार समितिको संयोजकमा चन्द्रबहादुर सुनचिउरी, सदस्यहरुमा लक्ष्मण, कल्पना, कमला, तेजबहादुर सुनचिउरी छन् । समितिले देशभरमा छरिएर रहेका सुनचिउरीहरुलाई समेटेर अघि बढ्नेसमेत बताएको छ ।