
मधेसकी सुन्दरी भनेर पुर्वी तराईमा चिनिएकी मोडल काजल कर्ण,मधेसी समुदायकी औंलामा गन्न सकिने मोडलहरुमा पर्छिन । मधेसी समुदायका थोरै युवति मोडलिङ र कलाकारीताको क्षेत्रमा सक्रिय छन्,त्यही भिडभित्र नयाँ अनुहार बनेर उदाउने तयारीमा रहेकी काजल आफ्नो समुदायमा देखिएका महिलामाथिको विभेद र दहेज प्रथाको विरुद्ध समाजीक अभियानमा जुट्ने तरखरमा छिन्।


स्थानिय मेरील्याण्ड कलेजमा स्नातक तहमा अध्यनरत विराटनगरकी स्थायी बासिन्दा काजल क्षमतावान मोडलका रुपमा छोटो अवधिमै पुर्वी तराईमा चिनिएकि १९ वर्षिया युवति हुन् । मिस पुर्वेली २०१६ को सेकेन्ड रनर अपको उपाधि चुम्न सफल उनि आकर्षक रुप र शरीर सँगै वाक कलामा निपुर्ण मानिन्छिन् । नृत्यमा विषेश दख्खल भएकी काजलले स्थानिय स्तरका विभिन्न कार्यक्रमहरुमा आफ्नो क्षमता देखाएर छुट्टै पहिचान बनाई सकेकी छन् । कक्षा १० मा अध्ययन कै क्रममा उनि सोही प्रतियोगितामा सहभागि हुन छनौट भएकी भएपनि उनलाई आयोजकले उमेर कम भएको भन्दै सहभागिताबाट बन्चित गरीदिएको थियो । मधेसी समुदायबाट पुर्वेली मोडलहरुको भिडभित्र नयाँ अनुहार बनेर देखिएकी काजल देश र राजनितिका विषयमा जानकार रहने र खुलेर आफ्ना कुरा राख्ने मोडलमा पर्छिन् । भविष्यमा मोडलिङ र अभिनयमा आफुलाई स्थापित गरेर मधेसी समुदायका युवतिको अधिकार रक्षामा आफुलाई क्रियाशिल बनाउने उनको सोच छ। मधेसी समुदाय भित्रको महिलामाथिको विभेद र दहेज प्रथा नै मधेसी महिलाको प्रगतिको बाधक बनेको उनी तर्क गर्छिन् । भन्छिन ‘अधिकांस मधेसी युवतिलाई आफ्नो खुट्टामा उभिन नदिई विवाहका लागि बाध्य बनाईन्छ,विवाहपछि पनि खुलेर अघि बढ्न सहयोग र प्रोत्साहन गरिदैन अनि किन पछाडी पर्दैनन् त मधेसी युवती र महिला ?’ मधेसी समुदायमा मात्र नभई आम नेपाली युवतिको अवस्था उस्तै रहेको उनको भनाई छ ।


मोडलिङमा लाग्दा मात्रै युवतिले अधिकार पाउने हो ? भनेर कतिपयले प्रश्न उठाउने गरेको सुनाउँदै उनी थप्छिन्‘मलाई यो क्षेत्रमा रुचि थियो , त्यही भएर लागे तर हरेक मधेसी युवतिले युवाले जसरी आफ्नो रुचिको क्षेत्रमा लाग्न र गर्न पाउनुपर्छ’लगभग आधा जनसंख्या महिलाले ओगटेको मुलुकमा महिलालाई घरभित्र मात्रै सिमित पारिने पुरुष प्रधान संस्कार र चिन्तनको अन्तय जरुरी रहेको भन्दै भनिन् ‘ अव राजनितिक दलसहित राज्यका हरेक निकायमा पुरुष बराबर सहभागिता सुनिश्चित गरीनु पर्छ’ बोलिमा मात्रै समान अधिकारको कुरा नगरेर कानुनी र व्यवहारीक रुपमा समान हैसियत र व्यवहार गरीनुपर्ने उनको भनाई छ । मधेसी समुदायमाथि राज्यबाट विभेद गरिएकै कारण समस्या भुसको आगो झै सल्किरहेको बिष्लेशण गर्दै उनले समयमै राज्य संचालनको जिम्नेवारी बोकेका र जनतावाट निर्बाचित भएकाले समाधान खोज्नु पर्ने धारणा राख्छिन् ।‘राजनिति र अधिकारका नाममा मधेसी–पहाडी बिच खाडल खन्ने र विष रोप्ने कामले कसैको हित गर्ने छैन ’। मधेसीको अधिकारका नाममा हिन्दी भाषाको माग गरिनु जायज नभएको तर्क गर्दै उनले भनिन् ‘मातृ भाषा हाम्रो मैथिलि र भोजपुरी हो हिन्दी हैन् , राष्ट्रिय भाषा नेपाली हो । मातृ भाषा र राष्ट्रिय भाषा दुवै मेरा लागि प्रिय छन् ।’ मातृ भाषमा पढ्न र सरकारी कामकाज गर्न भने पाउनुपर्ने उनको भनाई छ । ब्लाष्ट खबर डट कम सँग कुराकानीका क्रममा निकै खुलेकी काजलले विवाहका लागि मधेसी समुदाय भित्र व्याप्त दहेज संस्कार गलत रहेको भन्दै दहेज दिएर विवाह गर्न आफु तयार नहुने र परीवारलाई पनि त्यसो गर्न नदिने बताईन् । उनले भनिन् ‘दहेज दिएर विवाह गर्नु भन्दा अविवाहित वस्नु नै मेरा लागि उचित हुने छ ’। आफ्नै जाति र सम्प्रदाय भित्रै विवाह हुनु पर्छ भन्ने पक्षमा आफु नरहेको उल्लेख गर्दै उनले भनिन् ’ मन , विचार र भावना मिल्ने हरु को जिवन नै सफल हुन्छ । त्यसका लागि जात र समुदाय लाई मुख्य मानिनु उचित हैन’ मान्छे– मान्छे को विचमा भाषा , धर्म र जातजातिका नाममा खाडल बनाउनु उचित नभएको उनले जिकिर गरीन् । मोडलिङ क्षेत्रमा लाग्नेहरुलाई गलत आँखाले हेर्न छाडेर क्षमता र व्यक्तित्व विकासको ठाउँका रुपमा लिनु पर्ने उल्लेख गर्दै उनले ‘अंग्रेजी,हिन्दी र नेपाली सिनेमा र टिभी कार्यक्रमहरु हेर्दाे तिनै मोडल र कलाकारको प्रस्तुति र अभिनय ठिक हुने अनि हामीले त्यही काम गर्दा गलत हुनछ भन्नु अन्यायपुर्ण सोच भएको काजल बताउछिन् ।


नेपाली सिने क्षेत्र नै आफ्नो मुख्य गन्तब्य रहेको बताउने काजलले अवसर पाएको खण्डमा आफु अभिनयका लागि तयार रहेको बताउछिन् । अध्यनलाई असर नहुने गरी पाएका अवसरलाई सदुपयोग गर्ने तर अध्यन नै प्रभावित हुने गरी अभिनयमा नलाग्ने उनको सोच छ । अभिनयका क्रममा आबश्यक्ता र कथाको भुमिका अनुसार आफुलाई ढाल्न र प्रस्तुत गर्न तयार रहेको वताउँदै उनि भन्छिन ‘कथा र आबश्यक दृष्यहरुका लागि तयार नहुने हो भने अभिनय जीबन्त पनि बन्न सक्दैन नि !’ पछिल्लो समयमा चलचित्र क्षेत्रमा देखिएको ‘भल्गर’ प्रस्तुतीका लागि भने आफु तयार नरहने उनको भनाई छ ।