१ संविधानको कार्यान्वयन र सामाजिक आर्थिक रुपान्तरणको लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ राष्टिय सहमतिको सरकार बनाउन पहल गर्ने संविधानको कार्यान्वयनको लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रुपमा अघि बढाउन ।
२ संघीयता लगायतका विषयमा तराई मधेस केन्द्रीत समेतका कतिपय राजनीतिक दलहरुले उठाएको विषयमा छलफल गरि राजनीतिक सहमतिको आधारमा टुंगो लगाउने ।
३ विस्तृेत शान्ति सम्झौताको मर्मअनुरुप संक्रमणकालिन न्यायसम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुन संशोेधनसहतिका प्रक्रिया अघि बढाउने ।
४ सहिद तथा वेपत्ता परिवारलाई यसअघिका मन्त्री परिषदले गरेका निर्णय अनुसार राहत प्रद्यान गर्ने ।
५ द्धन्द्धकालमा घरायसी कागजको आधारमा खरिद विक्रि गरिएको जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणको आधारमा दर्ता गर्ने ।
६ सशस्त्र द्धन्द्ध तथा जनआन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार सम्रक्षण र जीविके पार्जनको लागि उचित व्यवस्था पन गर्ने ।
७ सशस्त्र द्धन्द्धकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्धाहरु फिर्ता माफी मिनाहाको पक्रिया अविलम्ब अघि बढाउने ।
८ राजनीतिक तथा प्रशासनिक नियुक्ति सरकारका महत्वपूर्ण निर्णय लगायत सरकार संचालनसँग सम्बन्धित महत्वपूर्ण विषयहरुमा राजनीतिक दलका प्रमुख नेताहरुबीचमा निरन्तर संवाद र सहमति कायम गर्ने । यसअघि भएका सहमति तत्काल कार्यान्वयन गर्ने ।
९ भुकम्पपछिको पुर्ननिर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउने। यसका लागि स्वयम्सेवक परिचालनसहितको राष्ट्रिय अभियान सञ्चालन गर्ने ।