एजेन्सी । सिरियाको एक शरणार्थी शिविरमा भएको हवाई अक्रमणमा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ । बिहीबार राति भएको आक्रमणमा उत्तरी सिरियाको विद्रोहीको कब्जामा रहेको इलाका इदलिब प्रान्तको कामूना क्याममा भएको अन्तर्राष्ट्रिय सञ्चा1445356020_saudi-attackरमाध्यमहरुले जनाएका छन्। कामूना शरणार्थी शिविर टर्कीको सिमानाबाट १० किलोमिटर दूरीमा पर्दछ। आक्रमण सिरिया वा रुसी लडाकू विमानले गराएको आशंका गरिएको छ। आक्रमण कसले गरेको हो भन्ने आधिकारिकरुपमा पुष्टि भने हुन सकेको छैन । रुस र अमेरिकाको दबाबपछि सिरिया सेना र विद्रोही गुट अलेप्पोको इद गिर्द इलाकामा अस्थायी युद्धविरामका लागि तयार भएका थिए। सिरियामा फेब्रुअरीदेखि युद्धविराम लागू भएको भएपनि पछिल्ला दिनमा आक्रमणका घटना बढेका छन्। पछिल्लो दूई सातामा सिरियाको अलेप्पोमा तीनसय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। यसैवीच अमेरिकाले सिरियाको शरणार्थी शिविरमा भएको हवाई आक्रमणको निन्दा गरेको छ।