काठमाण्डौं / ट्राफिक जरिवाना शुल्क बृद्धि नगर्न यातायात मजदुर सम्बध तिनवटा संगठनहरुले गृह मन्त्री शक्ति बस्नेतलाई शुक्रबार ज्ञापन पत्र बुझाएका छन् ।
ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना जारी गर्दै आगामी जेठदेखि लागुहुने गरी टङाफिक नियम उलंघन गर्नेलाई पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार र तेस्रो पटक १ हजार ५ सय जरिवाना लिने जनाएपछि त्यसको विरोध भएको हो ।
पूर्वाधारको विकास नगरी जरिवानाको शुल्क बृद्धिले मात्र टङाफिक नियम पालना हुन नसक्ने भन्दै नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले गृहमन्त्रीलाई भेटी बृद्धि शुल्कको निर्णय कार्यान्वयन नगर्न सुझाएको हो ।
   जरिवानाको १५ प्रतिशत कमिशन पाउने भएकाले यातायात व्यवस्थापन भन्दा जरिवाना संकलनमा ट्राफिक प्रहरीहरुको ध्यान केन्द्रीत हुने गरेकाले कमिशनकै लोभमा षड्यन्त्रपूर्ण तरिकाले टङाफिकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को जरिवाना शुल्क सम्बन्धी दफा १६४ संशोधन गरिएको संगठनहरुले जनाएका छन् ।
  कमिशनको व्यवस्था पछि टङाफिक प्रहरीको काम यातायात आवागमनका लागि काम गर्ने भन्दा पनि कसरी धेरै जरिवाना गरेर धेरै कमिशन जम्मा गर्ने भन्नेमा रहने हुंदा शुल्क बृद्धिले आम सर्वसाधारण तथा यातायात मजदुरहरु थप आर्थिक शोषणमा पर्ने संगठनहरुको आरोपछ ।  
 सरोकारवाला कसैसंग समन्वय नगरी निरंकुश शैलीमा ऐन संशोधन गरि राजपत्रमा प्रकाशन गरिनु लोकतान्त्रिक तथा कानुनी शासन विपरित रहेको ज्ञापन पत्रमा उल्लेख गरिएकोछ ।
   यातायात सञ्चालन, परिचालन तथा व्यवस्थापनमा टङेड युनियनहरुले योगदानबीना सम्भव नहुने भन्दै टङेड युनियनहरुलाई उपेक्षा गर्दै निरंकुश बाटोबाट कानुन संशोधन गरिनु बहुदलिय लोकतन्त्रको विरुद्धमा रहेको संगठनहरुले जनाएको छ ।
   संगठनहरुले निरंकुश बाटोबाट ल्याईएको संशोधित प्रावधानहरुलाई स्थगन गरी नेपालमा लोकतन्त्रको अन्त्य नभएको र कानुनी शासन अझै बांकीनै रहेको भन्ने अनु्भूतिका लागि संगठनहरुले गृह मन्त्रीलाई आग्रह गरेका छन् ।
   आम सर्वसाधारण तथा मजदुरहरुको विपरित शुल्क बृद्धि नरोके देशव्यापी संघर्षमा जान संगठनहरु बाध्य हुने समेत चेतावनी दिईएकोछं ।
 ज्ञापन पत्रमा काग्रेस समर्थित नेपाल यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राई सनम, एमाले समर्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राजीव घिमिरे र एमाओवादी समर्थित अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामा³ले हस्ताक्षर गरेका छन् ।


 ज्ञापन पत्रको पूर्ण पाठ
२४ बैशाख २०७३
माननीय मन्त्री ज्यू
गृह मन्त्रालय, सिंहदरवार काठमाण्डौं

संयुक्त ज्ञापन पत्र
          सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरिएको भन्दै ऐनको दफा १६४ मा रहेको जरिवाना शुल्क बृद्धि गरी ५ सय, १ हजार र १ हजार ५ सय बनाईएको भन्ने टङाफिक प्रहरी महाशाखाद्धारा विभिन्न संचार माध्यम मार्फत सूचना जारी गरी २०७३ जेठ १ गतेदेखि लागु गर्ने निर्णयप्रति टङेड युनियनहरुको गम्भिर ध्यानाकर्षण भएकोछ ।     
२०७२ अशोज १४ गते राजपत्रमा प्रकाशन गरिएका नियमहरु सरोकारवालाहरुसंग छलफल नै नगरी एकांकी तरिकाले जारी गरिएको निरंकुश समयको अध्यादेश जस्तै रहेको अवगत गराउन चाहान्छौं ।  
यातायात सञ्चालन, परिचालन तथा व्यवस्थापनमा टङेड युनियनहरुले विगतदेखिनै राज्यलाई सहयोग गर्दै आईरहेको विदितैछ र फेरीपनि योगदानका लागि तयारछौं तर सिंगो टङेड युनियनहरुलाई उपेक्षा गर्दै निरंकुश बाटोबाट ल्याईएको नियमहरुको जोडदार विरोध गर्दछौं ।
भौतिक पूर्वाधारहरुको विकास नगरी श्रमिकहरुले नियम मानेन, जरिवानाको शुल्क बढाएपछि टङाफिक नियम उलंघनका घटनाहरु नियन्त्रण हुन्छन् भन्ने गलत बुझाईबाट प्रेरित हुदै चोरबाटोबाट कानुन संशोधनको षडयन्त्र गरेर जरिवाना शुल्क बढाउनुले “हलो अड्काएर गोरु पड्काउने” उखानको चरितार्थ भएको हामीले ठानेका छौं ।
जरिवाना शुल्क बापतको रकमबाट टङाफिक प्रहरीले १५ प्रतिशत कमिशन पाउने भएकाले टङाफिकको काम यातायात आवागमनलाई सहज बनाउने भन्दा पनि जरिवाना संकलनमा केन्द्रीत हुनेभएकाले यातायात मजदुरहरुले सास्ती खेप्नु परेकोछ । यो ऐन संशोधनको प्रकृया समेत बढी कमिशन संकलन गर्ने सोचसंग जोडिएको हो भन्ने अवगत गराउन चाहान्छौं । कमिशनको खेलले टङाफिकलाई लगामहिन घोडा बनाएको छ भने सडक प्रयोगकर्ताहरु विशेषगरी सार्वजनिक सवारीमा काम गर्ने श्रमिकहरुमाथी चरम आर्थिक शोषण भईरहेकैछ । संशोधित ऐन अनुरुप नयांं नियम लागु गर्ने हो भने यातायात श्रमिकहरु मात्र नभै आम सडक उपभोक्ताहरु टङाफिक कुशासनको शिकार हुनेहुदां उक्त संशोधन गरिएको भनिएको ऐनका नयां प्रावधानहरु कार्यान्वयन नगर्नका लागि हार्दिक अनुरोध गर्दछौं ।
साथै, ६ लाख यातायात मजदुरहरु र त्यसको प्रतिनिधि टङेड युनियनहरुको तर्फबाट आग्रह गर्न चाहान्छौं निरंकुश बाटोबाट ल्याईएको संशोधित प्रावधानहरुलाई स्थगन गरी नेपालमा लोकतन्त्रको अन्त्य भएको छैन, कानुनी शासनको अभ्यास समाप्त भएको छैन भन्ने वातावरण अनु्भूतिका लागि हार्दिक अपिल गर्दछौं ।
अन्यथा टङेड युनियन अधिकारको प्रयोग र लोकतान्त्रिक विधिको बाटोबाट देशव्यापी संघर्षमा जान बाध्य हुने समेत जानकारी गराउन चाहान्छौं ।


...................                ....................               ...................
अजयकुमार राई                राजीव घिमिरे                 सोम तामा³
   अध्यक्ष                       अध्यक्ष                        अध्यक्ष
नेपाल यातायात           नेपाल यातायात स्वतन्त्र         अखिल नेपाल यातायात  
  मजदुर संघ                 मजदुर संगठन                  मजदुर संघ

बोद्यार्थ
१)     माननीय मन्त्री ज्यु, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरवार,     काठमाण्डौं
२)     माननीय मन्त्री ज्यु, कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्रालय, सिंहदरवार,     काठमाण्डौं
३)     श्रीमान महानिर्देशक ज्यू, यातायात व्यवस्था विभाग, मिनभवन काठमाण्डौं
४)     श्रीमान कार्यालय प्रमुख ज्यू प्रहरी प्रधान कार्यालय, टङाफिक प्रहरी     महानिर्देशनालय, नक्साल काठमाण्डौं
५)    श्रीमान कार्यालय प्रमुख ज्यू, टङाफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौं
६)     श्रीमान अध्यक्ष ज्यू, नेपाल यातायात व्यवसायी राष्टिङय महासंघ, बालकुमारी     ललितपुर
७)     श्रीमान अध्यक्ष ज्यू नेपाल टङक यातायात व्यवसायी महासंघ, धोवीघाट ललितपुर
८)     श्रीमान अध्यक्ष ज्यु, नेपाल टङेड युनियन कांग्रेस, थपागांउ, काठमाण्डौं
९)     क. अध्यक्ष, नेपाल टङेड युनियन महासंघ, जिफन्ट, पुतलीसडक, काठमाण्डौं
१०)     क. अध्यक्ष, अखिल नेपाल टङेड युनियन महासंघ, पेरिसडांडा, काठमाण्डौं