वि.सं. २०७३ साल जेठ ६ गते। बिहीबार। इश्वी सन् २०१६ मे १९ तारिख। शकसंवत् १९३८। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्षindex। तिथि– त्रयोदशी, २२स्१९ बजेउप्रान्त चतुर्दशी।

पं.ज्यो.   घनश्याम  सिग्देल


मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) प्रेम र मित्रता बलियो बन्ने छ । मिष्ठान्न भोजन मिल्ने छ । मनमा प्रसन्नता छाउने छ । घर–परिवारमा आनन्द रहने छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  धनलाभको योग छ । कृषिजन्य व्यवसायमा प्रशस्त नाफा मिल्ने छ । मावलीबाट ठूलो सहयोग प्राप्त हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  थालेका काममा सफलता मिल्ने छ । सन्तान तथा अनुयायीबाट ठूलो सहयोग मिल्ने छ । बौद्धिक सम्मेलनमा सहभागी बन्नुहुने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  घरायसी व्यवहारमा केही झण्झट आइपर्ने छ । आफन्तसँग मनमुटाव बढ्ने छ । व्यापार व्यवसायमा नाफा देखिँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा सुधार आउने छ । आफन्तले ठूलो सहयोग गर्नेछ । शरीरमा शक्ति र पूmर्ती बढ्ने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धनलाभको योग छ । गरगहनाको जोहो
हुने छ । पदक, पुरस्कार, उपहार प्राप्तिको योग छ । स्वास्थ्यमा लाभ हुने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्योदयको योग छ र नयाँ नोकरी मिल्ने छ । पदोन्नति हुने छ । व्यापार–व्यवसायमा वृद्धि हुने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुत्पादक क्षेत्रमा लगानी हुने छ । पारिवारिक कलहका कारण मनमा अशान्ति रहने छ । समाजमा एक्लो महसुस हुने छ ।हने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) घरमा नयाँ पाहुना आउनुहुने छ । मिठो भोजन प्राप्त होला । गरेका कामबाट जस मिल्ने छ । यात्रा रमाइलो होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कर्मको फल प्राप्तिको योग छ । आँटेका काममा सफलता मिल्ने छ । सरकार वा समाजबाट सम्मान मिल्ने छ । आयस्रोतमा वृद्धि हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) राज्यबाट सम्मान मिल्ने छ । धार्मिक कार्यमा लाग्नुहुने छ । आयस्रोतमा वृद्धि हुने छ । धार्मिक कार्यमा लाग्नुहुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) अनावश्यक विवादमा पर्नुहुने छ । आफन्तबाटै विरोध हुने छ । मुद्दामामलामा हार हुन सक्छ ।  सवारी साधन चलाउँदा ध्यान दिनु होला ।