rashi

वि.सं. २०७३ साल जेठ १३ गते। बिहीबार। इश्वी सन् २०१६ मे २६ तारिख। नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, ५स्२५ बजेदेखि पञ्चमी २८स्५९ बजेउप्रान्त षष्ठी।

पं.ज्यो.   घनश्याम  सिग्देल

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) अधुरा कामहरु बन्ने छन् । स्वास्थ्यमा सुधार आउने छ । मुद्दामामिलामा सफलता मिल्ने छ । मन प्रसन्न रहने छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मुद्दामामिलामा अल्झिनुपर्ने छ । शत्रुले खेदो गर्ने छन् । धन–सम्पत्तिको नोक्सानी हुने छ । व्यवसायमा घाटा हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  आर्थिक सङ्कटको योग छ । लेनदेन व्यवहारमा झण्झट आइपर्ने छ । दण्ड–सजायको भागिदार बन्नुपर्ने छ । शरीर अस्वस्थ रहने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रता बलियो बन्ने छ । आफन्तबाट सहयोग मिल्ने छ । सामाजिक कार्यमा प्रशंसा मिल्ने छ । आयस्रोत यथावत् रहने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शत्रु नाश हुने छन् । प्रतिस्पर्धी परास्त हुने छन् । धनमालको लाभ हुने छ । व्यापार–व्यवसायमा प्रशस्त नफा हुने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) थालेको काम अधुरै छोड्नुपर्ने छ । सहयोगीले साथ छोड्ने छन् । व्यवसाय सञ्चालन गर्न धेरै समस्या आइपर्ने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) खानपानका कारण पेटमा समस्या रहने छ । आफन्तसँगको भनाभनले मनमा अशान्ति बढ्ने छ । व्यापार–व्यवसाय सामान्य रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शत्रु परास्त हुने छन् । न्यायिक क्षेत्र आपूmअनुकूल रहने छ । विशिष्ट व्यक्तिसँगको भेटवार्ताले काममा उत्साह वृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) घरमा कुटुम्बको आगमन हुने छ । अतिथि सत्कारमै धेरै समय बित्ने छ । मिठो बोली वचनले मन प्रसन्न रहने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यबाट सबैको मन जित्न सफल हुनुहुने छ र धार्मिक परोपकारजन्य कार्यबाट सबैको मन जित्नन सफल हुनुहुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  अप्रिय समाचारले मन अशान्त रहने छ । शरीर अस्वस्थ रहने छ । सवारी साधनले धोका दिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  आतिथ्यपूर्ण सम्मान मिल्ने छ । आफन्तसँगको भेटवार्ताले मन प्रसन्न रहने छ । मिष्ठान्न भोजन र सुख प्राप्तिको योग छ ।