वि.सं. २०७३ साल जेठ १९ गते। बुधबार। इश्वी सन् २०१६ जुन १ तारिख। शकसंवत् १९३८। नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– एकादशी, १८.२८ बजेउप्रान्त द्वादशी।

rashiपं.ज्यो.   घनश्याम  सिग्देल

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) थालेका काममा अवरोध हुनेछ । मनमा दुःख र  चिन्ता बढ्नेछ । सहयोगीले साथ दिने छैन । व्यवसायमा नोक्सानी हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  खानपान समारोहमा सामेल हुनु हुनेछ । नोकरी,
राजनीतितर्प  महत्वपूर्ण उपलब्धी हुनेछ । आयस्रोत वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मान्यजनबाट आदर मिल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । परिवारमा सुख र सन्तोष मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  विश्वासपात्रबाट विश्वासघात हुनेछ । मनमा चिन्ता बढ्नेछ । व्यवसायमा घाटा व्यहोर्नु पर्नेछ । टाढाको यात्रा नगर्दा नै राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रा झन्झटिलो बन्नेछ । घरपरिवारमा खट्पट बढ्नेछ । अपच, अरुचि जस्ता समस्याले सताउनछ । अर्थिक सङ्कट पर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) गरगहना उपहार मिल्ने योग छ । मान सम्मान वृद्धि हुनेछ । सामाजिक कार्यबाट प्रतिष्ठा वृद्धि हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मुद्दा–मामिलामा अल्झिनु पर्नेछ । आफन्तसँग फाटो होला । झुट्टो आरोप र अविश्वासको सामना गर्नुपर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिस्पर्धी परास्त हुनेछन् । मान–सम्मान मिल्नेछ । गरगहना, वस्त्र उपहार मिल्नेछ । धेरैको सहयोग र समर्थन मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) पैतृक सम्पत्ति नोक्सान हुनेछ । व्यापार व्यवसायमा घाटा हुनेछ । खानपानको कारण स्वास्थ्यमा समस्या हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) लक्ष्मी प्राप्तिको योग छ । व्यवसायमा सफलता मिल्नेछ । सत्कार र सम्मान प्राप्त हुनेछ । आयआर्जनको नयाँ स्रोत मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  वाणीमा संयमता अपनाउनु होला । बोलीको दोहोरो अर्थ लाग्न सक्छ । व्यवसायमा गतिरोध आउने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  वस्त्र वा गहना प्राप्त हुनेछन् । नयाँ नोकरी मिल्नेछ । पदोन्नतिको योग छ । स्वास्थ्यमा सुधार आउनेछ ।