वि.सं. २०७३ साल जेठ २१ गते। शुक्रबार। इश्वी सन् २०१६ जुन ३ तारिख। नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– त्रयोदशी, १३स्३२ बजेउप्रान्त चतुर्दशी।
पं.ज्यो. घनश्याम सिग्देल
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) गरगहना र वस्त्र उपहार प्राप्त हुनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ । मित्रजनको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ । आफन्तसँग विवाद हुनेछ । व्यवसायमा सहयोगीले साथ छोड्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) नोकरी र राजनीतितर्पm ठूलो सफलता मिल्नेछ । सामाजिक परोपकारजन्य कार्यमा समय बित्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेका काममा सफलता मिल्नेछ । मान्यजनबाट सहयोग मिल्नेछ । पैत्रिक सम्पत्ति प्राप्त हुनेछ । पुराना साथीसँग भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घर–परिवारमा मतभेद बढ्नेछ । मनमा अशान्ति र असन्तोष रहनेछ । व्यापार–व्यवसायमा घाटा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समाजमा अपमानित बन्नुपर्ने छ । मुद्दामामिलामा हार व्यहोर्नुपर्ने छ । नोकरीमा अपजस लाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सवारी साधनको सुख मिल्नेछ । यात्रा रमाइलो रहनेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी बन्नुहुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरपरिवारकै असहयोगले काममा अवरोध हुनेछ । व्यापारमा घाटा हुनेछ । शरीर अस्वस्थ रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सन्तान वा अनुयायीको सफलतामा खुसी हुनुहुने छ । सामाजिक कार्यबाट प्रशंसा पाउनुहुने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अनावश्यक खर्च बढ्नेछ । मनमा चिन्ता थपिनेछ । मान–सम्मानमा आँच आउनेछ । मनमा असन्तोष बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) भाइबन्धुको सहयोगले नयाँ योजना सञ्चालन हुनेछ । नोकरी र राजनीतिक क्षेत्र सन्तोषजनक रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बोलीकै कारण आफन्त टाढिनेछन् । बोलीमा संयमता अपनाउनुहोला । व्यवसायमा वृद्धि हुनेछ ।