rashiवि.सं. २०७३ साल जेठ २२ गते। शनिबार। इश्वी सन् २०१६ जुन ४ तारिख। नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्दशी, ११स्१० बजेउप्रान्त औंसी।
पं.ज्यो.   घनश्याम  सिग्देल/
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) अनावश्यक खर्च बृद्धि हुनेछ । आफन्तजन संग विवाद बढ्नेछ । व्यापार व्यवसायमा आफन्तको असहयोग हुने योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  भाग्यले साथ दिनेछन् । अन्न बस्त्र द्रव्य लाभ हुनेछ । खानपान समारोहमा सामेल हुनु हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  अनुत्पादकको क्षेत्रमा लगानी हुनेछ । मनमा चिन्ता र पिरक थपिनेछ । समाजमा अपमानित बन्नु पर्ला दिन कष्टपूर्ण रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  आतिथ्यपूर्ण सम्मान मिल्नेछ । आफन्तसंगको भेटघाटले मन प्रशसन्न रहनेछ । व्यापार व्यवसायमा बृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिशिष्ठ व्यक्तबाट सहयोग मिल्नेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । अधुरा योजनाहरु पूर्ण हुनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धर्मिक कार्यमा मन लाग्नेछ । परोपकार जन्य कार्यमा सहभागी बन्नु हुनेछ । समाजमा प्रतिष्ठा बृद्धि हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अपच र अरुचीका कारण शरिरमा समस्या रनेछ । व्यापार व्यवसायमा लाभ देखिदैन । आफन्तसंग विवाद बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेम र मित्रता बलियो बन्नेछ । नयाँ साथीसंग भेटघाट र परिचय हुनेछ । आयस्रोतमा बृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रतिस्पर्धी परास्त हुनेछन् । अधुरा कामहरु पूर्ण बन्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफाहुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शैक्षिक क्षेत्रमा अवरोध आउनेछ । घरपरिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा नाफा हुनेछैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  पैत्रीक धनमा विवाद आउनेछ । भूमी बाहनको नोक्सानी हुनेछ । आयश्रोतमा कमि आउनेछ । स्वास्थ्यमा सस्या रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  सुरु गरेको काम वा संचालन गरेको व्यवसायमा सफलता मिल्नेछ ।लामो दुरीको यात्रा अर्थपूर्ण रहनेछ ।