वि.सं. २०७३ साल जेठ २३ गते। आइतबार। इश्वी सन् २०१६ जुन ५ तारिख। नेपाल संवत् ११३६ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, ८-५७ बजेउप्रान्त प्रतिपदा।
पं.ज्यो. घनश्याम सिग्देल
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) शुभ कुराको सङ्केत मिल्नेछ । कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सफलता प्राप्त हुने सम्भावना छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बौद्धिक क्षमतामा ह्रास आउनाले सृजनात्मक काममा सफलता पाउन गाह्रो छ । तिर्सना जाग्नाले मन विरक्तिन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा मातापिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) घरमा टाढाका नातेदारको अतिथिका रूपमा आगमन हुनाले दैनिकीमा प्रभाव पर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) घरपरिवार र साथीभाइको सहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।