वि.सं. २०७३ साल जेठ २७ गते। बिहीबार। इश्वी सन् २०१६ जुन ९ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– पञ्चमी, २६.४५ बजेउप्रान्त षष्ठी। rashi मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) शरीर अस्वस्थ रहनेछ । आफन्तसँग भनाभन हुन सक्छ । मनमा अशान्ति रहनेछ । आयस्रोत यथावत् रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  शरीर स्वस्थ रहनेछ । आफन्तबाट हौसला मिल्नेछ । काम गर्ने शक्ति र पूर्ति आउनेछ । आयस्रोत वृद्धि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  बोलीको प्रभाव बढ्नेछ । सानै प्रयासले ठूलो सफलता मिल्नेछ । विशिष्ठ व्यक्तिबाट सहयोग मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  सामाजिक कार्यबाट प्रतिष्ठा वृद्धि हुनेछ । माङ्गलिक कार्यमा सहभागी बन्नु हुनेछ । आयस्रोतम वृद्धि हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शरीर अस्वस्थ रहनेछ । सहयोगीले साथ छोड्नाले व्यवसाय सञ्चालनमा कठिनाइ आउनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) गरगहना, वस्त्र उपहार मिल्नेछन् । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ । आयस्रोत कमि हुने छैन । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पदोन्नतिको योग छ । नयाँ नोकरी मिल्नेछ । पेशागत व्यवसायमा ठूलो सफलता मिल्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रा रमाइलो रहनेछ । आफन्तसँग भेटघाट बढ्नेछ । खानपान समारोहमा सहभागी बन्नु हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अपच र अरुचि जस्तो रोगले सताउनेछ । मनमा अशान्ति बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आफन्तको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । नयाँ स्थानमा नयाँ व्यवसायको थालनी हुने योग छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  मुद्दा–मामिलामा जित हुनेछ । धेरैको सहयोग र समर्थन मिल्नेछ । राज्यबाट सम्मान मिल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  पुत्र, परिवारबाट ठूलो सहयोग मिल्नेछ । आफन्तको सहयोगल नयाँ कामको थालनी हुनेछ । समाजमा सम्मान मिल्नेछ ।