वि.सं. २०७३ साल जेठ ३० गते। आइतबार। इश्वी सन् २०१६ जुन १२ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– अष्टमी, २८स्३५ बजेउप्रान्त नवमी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) उपहार, पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनुभएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) तपाईंको वाणी

र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । जोश र जाँगर बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि पक्षमा रहनेछ । समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) गुप्त र मानसिक रोगले सताउन सक्छ । गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) विद्यार्थीहरु एवम् सबैका लागि भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने दिनका रुपमा आजको दिन आएको छ ।