वि.सं. २०७३ साल जेठ ३२ गते। मंगलबार। इश्वी सन् २०१६ जुन १४ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– नवमी, ६स्०६ बजेउप्रान्त दशमी। rashi मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) उद्योगधन्दा फस्टाउनेछ । शरीरमा शक्ति र फुर्ती बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आयस्रोतमा वृद्धि हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) विद्या र बुद्धिको विकास हुनेछ । घर–परिवारमा सुख–शान्ति मिल्नेछ । आयस्रोतमा कमी हुने छैन । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आफन्तसँग वादविवाद हुनेछ । मनमा अशान्ति रहनेछ । शरीर अस्वस्थ रहनेछ । खानपान र शयनमा असुविधा हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीर स्वस्थ रहनेछ । व्यापार–व्यवसायमा वृद्धि हुनेछ । साथी–सहयोगीहरुबाट सहयोग मिल्नेछ । धेरैको समर्थन प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठनपाठनमा रुचि बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ । आयस्रोतमा वृद्धि हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) खानपान समारोहमा सहभागी बन्नुहुने छ । मिठो भोजन र सुखसयलको सुविधा प्राप्त हुनेछ । आयस्रोतमा वृद्धि हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अस्वस्थ रहनेछ । औषधि उपचारमा धेरै खर्च गर्नुपर्ने छ । अनावश्यक विवादमा पर्नुहुने छ । धन हानी हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यबाट सम्मान मिल्नेछ । नोकरीमा पदोन्नतिको योग छ । आयआर्जनको नयाँ स्रोत मिल्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्वास्थ्यमा सुधार आउनेछ । मान्यजनबाट आदर मिल्नेछ । भूमि, वाहनको व्यवसायमा प्रशस्त नाफा हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) धार्मिक कार्यमा सहभागी बन्नुहुने छ । सामाजिक परोपकारजन्य कार्य सम्पादन हुनेछन् । आयस्रोतमा कमी हुने छैन । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) चोटपटक लाग्न सक्छ । सर्प र बिच्छीको भय रहनेछ । आफन्तसँग विवाद हुनेछ । व्यवसाय घाटामा जानेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पुत्र र परिवारबाट सुख मिल्नेछ । माङ्गलिक कार्यमा सहभागी बन्नुहुने छ । आयस्रोत केही बढ्नेछ ।