वि.सं. २०७३ साल असार १ गते। बुधबार। इश्वी सन् २०१६ जुन १५ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– दशमी, ७-५५ बजेउप्रान्त एकादशी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) मित्रता बलियो बन्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । आफन्तका सहयोगले नयाँ कामको थालनी हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्र सुख मिल्नेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ । व्यापार–व्यवसायबाट प्रशस्त नाफा आर्जन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)अधुरा कामहरु बन्नेछन् । सन्तान वा अनुयायीहरुको सफलताबाट मन प्रसन्न रहनेछ । सुखद् समचार सुन्न पाउनुहुने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरायसी व्यवहारमा झण्झट आइपर्ने छ । आफन्तसँग भनाभन चल्नेछ । शरीर अस्वस्थ रहनेछ । सोचेको काम बन्ने छैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ नोकरी मिल्ने योग छ । मुद्दामामिलामा विजयी बन्नुहुने छ । धेरैको समर्थन र सहयोग मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको प्रभाव बढ्नेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ । व्यवसायमा वृद्धि हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान–सम्मान मिल्नेछ । पदोन्नतिको योग छ । समाजमा सबैले प्रशंसा गर्नेछन् । पुरस्कार पदक प्राप्त होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । सहयोगीले साथ छोड्नेछन् । व्यवसाय सञ्चालन गर्न समस्या हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनलाभको योग छ । गरगहना, वस्त्र आदि उपहार प्राप्त हुनेछन् । पदोन्नतिको योग छ । मान–सम्मान मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । प्रशासनिक क्षेत्रमा ठूलो सफलता मिल्नेछ । राज्यले मान–सम्मान गर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) धार्मिक स्थलको यात्रा हुनेछ । परोपकारजन्य कार्यमा सहभागी बन्नुहुने छ । आय आर्जनको कमी हुने छैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) दिन कष्टपूर्ण रहनेछ । शरीर अस्वस्थ रहनेछ । आयस्रोतमा कमी आउनेछ । घर–परिवारबाट असहयोग हुनेछ ।