विसं २०७३ साल असार २ गते। बिहीबार। इश्वी सन् २०१६ जुन १६ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– एकादशी, ९स्५५ बजेउप्रान्त द्वादशीवि।सं। २०७३ साल असार २ गते। बिहीबार। इश्वी सन् २०१६ जुन १६ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– एकादशी, ९.५५ बजेउप्रान्त द्वादशी rashi मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ-एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। मनग्य धनलाभ हुनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। काममा सानातिना चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्ने वा केही नोक्सानीमा परिने समय छ, सजग रहनुहोला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह-कामले उत्साह जगाउनेछ। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध स्वतः समाप्त हुनेछ। व्यापारमा सामान्य फाइदाको समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो -सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे -विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो -विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोस्।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते -पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। उपहारको प्रसंग चले पनि आशा नराख्नु वेश हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूले दिएको वचन पूरा नगर्न सक्छन्। काममा आफैं सजग रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु -समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे-सानो प्रयत्नले राम्रो आम्दानी दिलाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। जिम्मेवारी बढ्न सक्छ। पहिले रोकिएको काम बन्नेछ भने प्राप्त आम्दानीले उत्साह बढाउनेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि -प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द-आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तर केही बाध्यतापूर्ण काममा समय बित्नेछ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि-सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुन सक्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर, विगतका समस्या बल्झिन सक्छन्। आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउनेछ।