शनिश्चरे/ ग्राण्ड फिनालेका १९ प्रतिष्पर्धीलाई उन्छिन्दै गौरादहकी दीपमा बस्नेत ‘द बेस्ट ट्यालेन्ट स्टार–२०१६’ को उपाधि जितेकी छिन् ।
शंकर आर्ट फाउण्डेसनको आयोजनामा झापाको दमकमा सम्पन्न प्रतियोगिताको फाइनलमा बस्नेतले नगद ५० हजार सहित ट्रफी हात पारेकी हुन् ।
प्रतियोगितामा ‘मुल हौ भनें रसाइदेउ’ गाएका प्रताप बेघा फस्ट रनरअप र ‘मैले छोएको पानी चल्दैन’ मा नृत्य गरेका बिकेश राई सेकेण्ड रनरअप भए । बेघाले ३० हजार तथा राईले २० हजार रुपैया पुरस्कार तथा ट्रफी हात पारे ।
त्यस्तै, प्रशान्ति श्रेष्ठ नृत्य स्टार, श्रेया राई गायन स्टार, स्नेहा लिम्बू उत्कृष्ट मोडेल, पर्शुहाङ राई उत्कृष्ट अभिनय, दिनेश लिम्बू उत्कृष्ट प्रस्तुति र मोहन लिम्बु उत्कृष्ट पब्लिक छनौटको टाइटल जितेका छन् ।
२ वर्षअघि नृत्यकार शंकर विश्वकर्माको अगुवाईमा स्थापना भएको आर्टले प्रतियोगितामा एकसाथ गायन, नृत्य, अभिनय, मोडलिङ सहितका बृहत कार्यक्रममा प्रतिष्पर्धा गराएको थियो । कुल ७० जनाबाट उत्कृष्ट २० छनोट भएको थियो ।