विजयपुर/झापाको दमक पहिलो पटक ठुलो फेसन सो सम्पन्न भएको छ । दमक स्थित रेडक्रसको सभाहलमा शुक्रबार दमक रनवे फेसन सो सम्पन्न भएको हो । फेसन सो मा दुई दर्जन मोडलहरुले प्रस्तुती दिएका थिए । damak नयाँ तथा पुराना मोडलहरुको कम्माईन सोको रुपमा आयोजकले उक्त फेसन शो लाई नयाँ शैलीमा प्रस्तुती गरेको थियो । दमक र आसपासका दर्शकहरुले भरिभराउ भएको कार्यक्रमहलमा फेसन पारखी र गुड फ्र्राइडे मनाउने हरुले कार्यक्रम नयाँ शैलिको फेसन सो र देख्न पाएका थिए । फेसन सोका का लागि उतारीएका मोडलहरुलाई एक महिनाको ट्रेनिङ दिईएको थियो । कोरीयोग्राफर डिजे ललितले कोरियोग्रपी गरेको आयोजक ट्यालेन्ट टेकका कार्यकारी निर्देशक बादल राईले जानकारी दिए । मिडिया संयोजक भुपेन्द्र तुम्बाहाम्फेका अनुसार मोडलहरुलाई अडिसनबाट छानेर टे«निङ दिइएको थियो ।