वि.सं. २०७३ साल असार ६ गते। सोमबार। इश्वी सन् २०१६ जुन २० तारिख। शकसंवत् १९३८।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ःधार्मिक स्थलको यात्रा रमाइलो रहनेछ । माङ्गलिक कार्यमा सहयोगी बन्नु हुनेछ । आफन्तसँगको भेटघाटले मन प्रशन्न रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः आर्थिक समस्या आइपर्नेछ । व्यापार व्यवसाय घाटामा चल्नेछ । सहयोगीले साथ दिने छैन । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः गरगहना, वस्त्र उपहार प्राप्त हुनेछन् । माङ्गलिक कार्यमा सहभागी बन्नु हुनेछ । मनमा हर्ष र आनन्द रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ःप्रतिस्पर्धामा सफलता मिल्नेछ । न्यायिक क्षेत्र सकारात्मक रहेको छ । आयस्रोत यथावत रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ःचिताएको पुग्नेछ । थालेका काममा सफलता मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । व्यापारव्यवसाय फस्टाउनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ःखानपान समारोहमा सहभागी बन्नु हुनेछ । खानपानकै कारणले पेटमा समस्या रहनेछ । व्यवसायमा नाफा हुनेछैन । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ःभाग्योदयको योग छ । अन्य महादेशबाट वस्त्र, गरगहना प्राप्त हुनेछन् । व्यापार व्यवसाय फस्टाउनेछन् । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ःसुखद समाचार सुन्न मिल्नेछ । नयाँ स्थानमा नयाँ योजनाको स्थापना हुनेछ । आयस्रोत वृद्धि हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ःमाङ्गलिक मनोरञ्जनपूर्ण कार्यमा सहभागी बन्नु हुनेछ । आयआर्जनको स्रोत वृद्धि हुनेछ । समाजले सम्मान गर्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ःअप्रिय समाचारले मन खिन्न रहनेछ । सहयोगीले साथ छाड्नाले व्यवसाय सञ्चालनमा समस्या आउनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः अतिथि सेवा गर्ने मौका मिल्नेछ । आफन्तसँगको भेटघाटले मन प्रशन्न रहनेछ । आयआर्जनको नयाँ स्रोत थपिनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः विशिष्ट व्यक्तिसँग वार्ता हुनेछ । नयाँ योजनाको सरसल्लाह हुनेछ । आफन्तबीच मेलमिलाप हुनेछ । मिष्ठान्न भोजनको योग छ ।