विराटनगर । बिहानदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको एयरपोर्टसमेत जलमग्न बनेपछि उडानसमेत प्रभावित बनेको छ ।
विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नसकेपछि पानी ढलभन्दा माथि बगेपछि पानी एयरपोर्ट क्षेत्रसमेत डुवान भएको छ । जसका कारण हवाई उडान नै प्रभावित बन्न पुगेको हो । आज बिहान साढे ५ बजेदेखि विराटनगर क्षेत्रमा अविरल वर्षा भइरहेको छ ।
यसले गर्दा विराटनगरका दर्जनौं घर डुवानमा परेको यस अघि नै समाचार प्रकाशित गरिएको थियो । विराटनगरबाट दैनिक काठमाडौंका लागि १० भन्दा बढी उडानहरु हुने गरेका छन् ।
यो पनि हेर्नुहोस्
http://blastkhabar.com/news/2016/06/25/4597.html