वि.सं. २०७३ साल असार १३ गते। साेमबार। इश्वी सन् २०१६ जुन २७ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– षष्ठी, १२:४६ बजेउप्रान्त सप्तमी। rasi मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः अतिथि सेवाको अवसर प्राप्त हुनेछ । गरगहना र वस्त्र उपहार प्राप्त हुने छन् । राज्यबाट महत्वपूर्ण जिम्मेवारी मिल्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः मान्यजनबाट सहयोग मिल्नेछ । घर–परिवारमा सुख–शान्ति छाउनेछ । अधुरा योजनाहरु पूरा हुने छन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः प्रतिष्ठामा आँच आउनेछ । राज्य पक्षबाट दण्ड–सजाय हुन सक्छ । मुद्दामामिलामा हार हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः आर्थिक सङ्कट आइपर्ने छ । पैतृक सम्पत्तिको नोक्सानी हुनेछ । शत्रु पक्षको भय रहि नै रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ः प्रेम र मित्रता बलियो बन्नेछ । सामाजिक कार्यबाट मान–सम्मान मिल्नेछ । आय आर्जनको नयाँ स्रोत मिल्नेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ः रोगबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धीहरु परास्त हुने छन् । व्यापार–व्यवसायमा सोचेभन्दा बढी लाभ हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ः थालेका कामहरु अधुरै रहनेछन् । व्यापार– व्यवसायबाट धेरै नाफा हुने देखिन्छ । शैक्षिक क्षेत्रमा ठूलो प्रगति हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ः घर–परिवारमा खटपट बढ्नेछ । खानपानका कारणले पेटमा समस्या देखिनेछ । व्यवसाय घाटामा जानेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः शरीरमा शक्ति र फूर्ति बढ्नेछ । नयाँ योजनाको शुरुआत हुनेछ । भाइबन्धुबाट साथ र सहयोग मिल्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ः सानातिना योजनामा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा ठूलो प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः प्रतिष्ठामा वृद्धि हुने छ । अन्न र द्रव्यको लाभ हुनेछ । अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः शरीर अस्वस्थ रहनेछ । अनावश्यक खर्च बढ्नाले मनमा अशान्ति हुनेछ । व्यवसायमा नाफा हुने छैन ।