वि.सं. २०७३ साल असार १५ गते। बुधबार। इश्वी सन् २०१६ जुन २९ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– नवमी, ६:११ बजेदेखि दशमी २७:४२ बजेउप्रान्त एकादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन बाँड्नेहरूको भर नपर्नुहोला। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन्। वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। कामको सन्दर्भमा ओहदामा बसेका व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सजग रहनुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। उपचारमा खर्च हुने योग छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ। आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ। रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु फाइदाका अवसर जुटे पनि आफ्ना विषयवस्तुमाथि अरूले अधिकार जमाउन सक्छन्। प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नुका साथै सरकारी कडिकडाउको सिकार भइने समय छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। चुनौती देखिए पनि योजनाहरू गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। सरसापट तथा आर्थिक कारोबारमा सजगता अपनाउनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। तापनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। पूरा गर्न नसकिए पनि नयाँ काममा हात हाल्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। मेहनतले फाइदा दिलाउनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। तापनि रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला। (नेपाली पात्रोबाट)