इलाका प्रहरी कार्यालय धरानले मुचुल्का उठाइएको गोयल एग्रो प्रालिबाट उत्पादित कुहिएको चालमको ल्याव परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको हो । इप्रका धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले परीक्षणको लागि सम्बन्धित कार्यालय पठाइएको जानकारी दिए । ‘मैले मुचुल्का उठाइएको चालम सम्बन्धित निकायमा पठाइसकेँ ।’ उनले भने ।
कुहिएको चालमको विषयमा राष्ट्रिय उपभोक्ता मञ्च शाखा सुनसरीले पनि गम्भिर रुपमा लिएको छ । चालमको गुणस्तरदेखि लिएर सम्बन्धित निकायहरुसँग बसेर छलफलसमेत गर्ने निर्णय भएको मञ्चका जिल्ला कोषाध्यक्ष पूर्ण राईले जानकारी दिए । उनले कुहिएको चालमको बोरा चेक गर्नेदेखि लिएर सम्बन्धित उद्योगलाईसमेत परिपत्र गर्ने जानकारी दिएका छन् । तर, उपभोक्ता हित संरक्षण मञ्च सुनसरीले भने अहिलेसम्म कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । मञ्चका जिल्ला अध्यक्ष उद्दव श्रेष्ठलाई आधिकारिक धारणा बारे बुझ्न फोन गर्दा फोन उठाएनन् ।
उपभोक्ताको हितमा काम गर्ने संस्थाहरु नै बिचाराधिन अवस्थामा रहेको कारण पनि उपभोक्ताहरु मारमा पर्ने गरेका छन् । खाद्य ऐन २०२३ मा नै उपभोक्ताहरुले स्वस्थ्य खान पाउनु पर्ने व्यवस्था गरेको छ । तर, पनि ऐन बने पनि कार्यान्वयनको इकाईमा भने खासै प्रभावकारी कदम चाल्न सकेको छैन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले हालसम्म चालमको नमुना संकलन प्राप्त नभएको फोनमार्फत् जानकारी दिए । उनले बुधबारै नमुना संकलन पठाउने भन्ने प्रहरीसँग कुरा भइसकेको तर, आउने क्रममा जारी रहेको हुन सक्ने बताए । ‘खाद्यमा आइपुग्ने बित्तिकै जतिसक्दो चाँडो नमुना संकलन गरेर परीक्षण गरिन्छ ।’ प्रमुख कोइरालाले भने ।
यता कुहिएको चालमकै विषयलाई लिएर उपभोक्ता एवं पत्रकार सन्तोष काफ्लेमाथि हातपातको प्रयास गर्नेविरुद्ध दिइएको उजुरी सार्वजनिक रुपमा माफीमागेपछि फिर्ता लिएको छ । इप्रका धरानको टोलीले किटानी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिएर छलफलको लागि बोलाएको थियो । छलफलका क्रममा नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष केशव घिमिरेको नेतृत्वमा टोली पुगेको थियो भने उता सुनसरी उद्योग बाणिज्य संघका पदाधिकारीसहित व्यापारीहरु भेला भएका थिए ।
गल्ती गर्ने व्यापारीहरुले सार्वजनिक रुपमा पत्रकार काफ्लेसँग र संगठनसँग माफी मागेपछि मुद्दा फिर्ता लिएको पत्रकार काफ्लेले बताए । ‘लिखित रुपमा माफी माग्ने सहमति भएपछि मुद्दा फिर्ता लिएको हो ।’ उनले भने । त्योसँगै घटनामा प्रहरी बोलाएको भन्दै बजार बन्द गराउँदै हिड्ने जिम्मेवार कार्य समिति सदस्यहरुसँग संघले स्पष्टिकरण सोध्दै माफी मागेको लिखित विज्ञप्ति निकाल्ने निर्णय भएको छ । उवा संघले बिज्ञप्तिमा क्षमा मागेकाे छ । खाद्य प्रविधि पठाइयो कुहिएको चामल
गोयलको कुहिएको चामल प्रकरण
धरान / गोयलको कुहिएको चालमको ल्याव परीक्षण गर्न बिहीबार पठाइएको छ ।
इलाका प्रहरी कार्यालय धरानले मुचुल्का उठाइएको गोयल एग्रो प्रालिबाट उत्पादित कुहिएको चालमको ल्याव परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको हो । इप्रका धरानका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले परीक्षणको लागि सम्बन्धित कार्यालय पठाइएको जानकारी दिए । ‘मैले मुचुल्का उठाइएको चालम सम्बन्धित निकायमा पठाइसकेँ ।’ उनले भने ।
कुहिएको चालमको विषयमा राष्ट्रिय उपभोक्ता मञ्च शाखा सुनसरीले पनि गम्भिर रुपमा लिएको छ । चालमको गुणस्तरदेखि लिएर सम्बन्धित निकायहरुसँग बसेर छलफलसमेत गर्ने निर्णय भएको मञ्चका जिल्ला कोषाध्यक्ष पूर्ण राईले जानकारी दिए । उनले कुहिएको चालमको बोरा चेक गर्नेदेखि लिएर सम्बन्धित उद्योगलाईसमेत परिपत्र गर्ने जानकारी दिएका छन् । तर, उपभोक्ता हित संरक्षण मञ्च सुनसरीले भने अहिलेसम्म कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन् । मञ्चका जिल्ला अध्यक्ष उद्दव श्रेष्ठलाई आधिकारिक धारणा बारे बुझ्न फोन गर्दा फोन उठाएनन् ।
उपभोक्ताको हितमा काम गर्ने संस्थाहरु नै बिचाराधिन अवस्थामा रहेको कारण पनि उपभोक्ताहरु मारमा पर्ने गरेका छन् । खाद्य ऐन २०२३ मा नै उपभोक्ताहरुले स्वस्थ्य खान पाउनु पर्ने व्यवस्था गरेको छ । तर, पनि ऐन बने पनि कार्यान्वयनको इकाईमा भने खासै प्रभावकारी कदम चाल्न सकेको छैन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले हालसम्म चालमको नमुना संकलन प्राप्त नभएको फोनमार्फत् जानकारी दिए । उनले बुधबारै नमुना संकलन पठाउने भन्ने प्रहरीसँग कुरा भइसकेको तर, आउने क्रममा जारी रहेको हुन सक्ने बताए । ‘खाद्यमा आइपुग्ने बित्तिकै जतिसक्दो चाँडो नमुना संकलन गरेर परीक्षण गरिन्छ ।’ प्रमुख कोइरालाले भने ।
यता कुहिएको चालमकै विषयलाई लिएर उपभोक्ता एवं पत्रकार सन्तोष काफ्लेमाथि हातपातको प्रयास गर्नेविरुद्ध दिइएको उजुरी सार्वजनिक रुपमा माफीमागेपछि फिर्ता लिएको छ । इप्रका धरानको टोलीले किटानी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिएर छलफलको लागि बोलाएको थियो । छलफलका क्रममा नेपाल पत्रकार महासंघ सुनसरी शाखाका अध्यक्ष केशव घिमिरेको नेतृत्वमा टोली पुगेको थियो भने उता सुनसरी उद्योग बाणिज्य संघका पदाधिकारीसहित व्यापारीहरु भेला भएका थिए ।
गल्ती गर्ने व्यापारीहरुले सार्वजनिक रुपमा पत्रकार काफ्लेसँग र संगठनसँग माफी मागेपछि मुद्दा फिर्ता लिएको पत्रकार काफ्लेले बताए । ‘लिखित रुपमा माफी माग्ने सहमति भएपछि मुद्दा फिर्ता लिएको हो ।’ उनले भने । त्योसँगै घटनामा प्रहरी बोलाएको भन्दै बजार बन्द गराउँदै हिड्ने जिम्मेवार कार्य समिति सदस्यहरुसँग संघले स्पष्टिकरण सोध्दै माफी मागेको लिखित विज्ञप्ति निकाल्ने निर्णय भएको छ । उवा संघले बिज्ञप्तिमा क्षमा मागेकाे छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।