धरान / कांग्रेस महामन्त्री सशांक कोइरालाको अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएका कोइरालालाई मंगलबार रातीदेखि बान्ता भएपछि स्थिति गम्भीर भएको थियो । त्यसपछि उनलाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा डा. भगवान कोइारलालसमेत संलग्न रहेका छन् ।
अस्पतालले केहीबेरअघि विज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा राखेर उपचार गरिएको जानकारी दिएको छ । महामन्त्री कोइरालाको अवस्था बुझ्न कांग्रेस सभापतिसहितका नेताहरु, प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत रणजित राय, कांग्रेस कार्यकर्ताहरु अस्पताल पुगेका छन् ।
उपचारमा संलग्न डा। हरिकुमार श्रेष्ठका अनुसार हाल कोइरालाको अवस्था गम्भिर रै रहे पनि तर, स्थीर रहेको बताइएको छ ।