एजेन्सी । कर छलीको अभियोगमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीमाथि स्पेनको न्यायलयले २१ महिनाको जेल सजाय सुनाइएको छ । image उनले २ मिलियन युरासमेत जरिवाना तिर्नु पर्ने बेलायतको द टेलिग्राफले उदृत गरेको छ ।  त्यस्तै अपराध गरेको अभियोगमा उनको पिताले ढेड लाख युरो तिर्नु पर्ने समाचारमा जनाइएको छ । तर, मेसीले आफूले कर छली नगरेको दाबी गरेका छन् । उनको बुबा गोर्जेलाई पनि कर छलीको आरोप लागेको छ । तीन फरक फरक चिजहरुमा कर छली गरेको अभियोग उनीमाथि लागेको हो । मेसी र आर्थिकको सम्पूर्ण रेखदेख गर्दै आएका पिताले २००७ देखि २००९ सम्म करिव ४५ लाख डलर कर छली गरेको अभियोग लागेको हो । उनले कर छली गर्नको लागि उरुग्वे र बेलिजकोसमेत साहारा लिएको बताइन्छ । तर, मेसीले उक्त कुरालाई अस्वीकार गर्दै आइरहेका छन् । उरुग्वे र बेलिजको साहारा लिएको विषयमा उनले द टेलिग्राफमा भनेका छन् ‘मलाई त्यो पैसाको बारेमा केही थाहा छैन् । म जहिले पनि फुटबल खेलप्रति कन्सटे्रट थिए ।’ उनले थपे ‘बेलिज र उरुग्वेबाट आएको बारे केही थाहा छैन् । धेरै स्पोन्सरहरुसँग एग्रिमेन्टमा साइन हुन्थ्यो । त्यो पैसा कस्ले पेड गर्यो मलाई थाहा छैन् । मलाई कुनै आइडिया भएन् कि त्यो पैसा कहाँ गयो ।’ मेसीले यस विषयमा स्पेनको उच्च न्यायलयमा अपिल गर्ने भएका छन् । दुई वर्ष भन्दा मुनी जेल सजाय भएका अभियुक्तहरुको हकमा भने प्रशासनको निगरानीमा जेल बस्नु नपर्ने कानुन स्पेनमा छ ।