काठमाडौं / अचानक बिरामी भएर ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
भेन्टिलेटरमा राखेर उपचाररत उनको भर्खरै होस खुल्न थालेको छ । उपचारमा संलग्न चिकित्कहरुले डा. कोइरालाले मान्छेसमेत चिन्न थालेका छन् । हातसमेत चलमलाउन थालेका छन् । मंगलबार राति वान्ता गरेपछि एक्कासी बिरामी भएका उनलाई स्वासप्रश्वास र निमोनिया भएको बताइएको थियो । वान्तापछि फोक्सोमा खाना अड्किएपछि निमोनियाको संक्रमण भएको थियो ।

बुधबार उनको अवस्था निक्कै नै गम्भिर थियो । उनलाई प्रधानमन्त्रीदेखि लिएर पार्टीका उच्च नेताहरु भेटका लागि गएका थिए । ुहामीलाई अब धेरै आशा छ,ु डा। लव नरसिंह जोशीले भने, ुसुधार राम्रो भइरहेको छ। यसरी नै प्रगति भए बेलुका या भोलि बिहानसम्ममा भेन्टिलेटरबाट झिक्न सकिन्छ।ु
अहिले औषधिको डोजसमेत कम गरिएको डा. जोसीले बताए । रक्तचाप नियन्त्रणमा ल्याउनको लागि उनलाई बुधबार विभिन्न चार प्रकारका कडाँ औषधिहरु प्रयोग गरिएको थियो । अहिले उक्त औषधिको मात्रासमेत घटाइएको छ । हाल एउटा मात्रै औषधि प्रयोगमा आइरहेको छ ।