वि.सं. २०७३ साल असार २६ गते। अाइतबार। इश्वी सन् २०१६ जुलाई १० तारिख। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– पञ्चमी, १४:१६ बजेउप्रान्त सप्तमि मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ  हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। नयाँ काममा हात हाल्ने समय छ। मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ। शुक्रबारदेखि काम बिग्रनाले भय उत्पन्न हुनेछ। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। rasi बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो स्वास्थ्य कमजोर देखिए पनि मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। अध्ययनमा प्रगति हुनेछ भने व्यवसायमा समेत लाभ उठाउन सकिनेछ। रोकिएको काम सजिलै सम्पादन हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापारमा फाइदा हुनुका साथै मनग्य धनलाभ हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिने सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। नयाँ वस्त्र तथा आभूषणमा रमाउने समय छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह प्रारम्भमा अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। मंगलबारदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मेहनत एवं योग्यताले विशेष उपलब्धि दिलाउन सक्छ। आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। प्रियभेटले मन प्रसन्न हुनेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो अवसरले ठूलै काममा हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। मंगलबारपछि पारिवारिक समस्याले सताउन सक्छ। आफ्नाबाटै धोका पाइनेछ भने साइनो गाँस्नेहरूले समेत दुःख दिन सक्छन्। पेटको मौसमी गढबढीले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले दु:ख पाइनेछ। तापनि, शुक्रबारदेखि परिस्थिति अनुकूल बन्नेछ। तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा फाइदा उठाउन सकिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे  कामले मानसम्मान सम्म दिलाउन सक्छ। आर्थिक रूपमा मनग्य फाइदा हुनेछ। जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै महत्वपूर्ण काम हातपार्न पनि सकिनेछ। सहयोगीहरूको भरमा पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सफल भइनेछ। सप्ताहान्तमा कुरा लगाउनेहरूको विश्वास गर्दा हानि हुनेछ। पारिवारिक सहयोगले फाइदा हुनेछ भने अनावश्यक हठ गर्दा अप्ठ्यारोमा परिएला। स्वास्थ्यका लागि पनि सजग रहनुहोला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो  प्रारम्भमा प्रतिष्ठत काम गर्ने अवसर जुट्नेछ। केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। तर ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू पुनः सुरु हुनेछन्। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ। सप्ताहान्तमा सहयोगीहरूले साथ दिनेछन् भने पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते सुरुमा केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। तापनि मंगलबारदेखि अवसरले उत्साह जगाउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ। नाता गाँस्नेहरूबाट सजग रहनुहोला, सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ। कामले धेरैलाई प्रभावित बनाउन सकिनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मेहनत गर्दा राम्रै अवसर पाइनेछ। तर आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ। मंगलबारपछि खर्चको मात्रा बढ्नेछ भने काम बिग्रने डरले पनि सताउन सक्छ। काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ। सप्ताहान्तमा आस मारेको काम बन्नेछ। सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आफन्त तथा साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। विशेष जिम्मेवारी अथवा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। मेहनतले दाम र इनाम दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा फजुल खर्चसमेत बढ्नेछ। आफन्तबाट टाढिनुपर्ला। समयमा ध्यान नदिनाले मनको डरले पनि सताउन सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मेहनत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। नाम, दाम र इनाम हात पार्ने समय छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। प्रसिद्धि पनि बढ्नेछ। आम्दानीको स्रोत सबल बन्नेछ। दिगो फाइदा हुने काम सुरुआत हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द प्रारम्भमा ईर्ष्या गर्नेहरू बढ्नेछन् भने विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याए पनि मंगलबारदेखि हिम्मतले काम बनाउन सकिनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। लगनशीलताले विशेष स्थान दिलाउन सक्छ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिनेछ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि  रमाइलो यात्रा तथा महत्वपूर्ण भेटघाटले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। यात्राको अवसर जुर्न सक्छ। मंगलबारपछि चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। काममा बलजफ्ती गर्दा हानि हुन सक्छ। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रतिस्पर्धीहरू सम्झौता गर्न आउलान्। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। (नेपाली पात्रोबाट)