वि.सं. २०७३ साल असार ३१ गते। शुक्रबार। इश्वी सन् २०१६ जुलाई १५ तारिख। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– एकादशी, २५:०० बजेउप्रान्त द्वादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ
चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा सावधानी अपनाउनुहोला। हुलमुलमा धनमाल हराउन सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कामको सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ। अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ। सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सोखले खर्च बढाउन सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि बुद्धिको उपयोगले लक्ष्य हासिल हुन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते
आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। मान–सम्मानपाइनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मेहनत गर्दा व्यावसायिक काममा मनग्य फाइदा उठाउन सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। धेरै लगानी र मेहनत गर्दा सामान्य फाइदा हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आम्दानी भए पनि आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। उचित मूल्य प्राप्त नहुनाले काममा मन नजाला। परिस्थितिले अलि निष्क्रिय बनाउन सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ। (नेपाली पात्रोबाट)