श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३६ श्रावण १६ गते आइतबार ३१ जुलाई २०१६ सौम्य नाम सम्वत्सर दक्षिणायनं वर्षा ऋतु श्रावण कृष्ण पक्षको द्वादशी तिथि ६/१३ बजे सम्म उप्रान्त त्रयोदशी नक्षत्र आद्र्रा २७/३५ बजे सम्म उप्रान्त पुनवंशु चन्द्रमा राशी मिथुन सूर्योदय ५/२७ सूर्यास्त ६/५२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):समय मध्यम खालको छ । कार्य व्यवसायमा खासै मन जाने देखिंदैन । दाजुभाइ तथा पारिवारिक व्यक्तिहरुसित मनमुटाव हुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय राम्रो छ । धार्मिक कार्यक्रममा संलग्न भइएला । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । मन प्रसन्न रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): पठन–पाठनमा भन्दा मनोरन्जनमा समय व्यतित होला । नयाँ कार्यको शुभारम्भ हुनेछ । वैदेशिक यात्राको सुवर्ण अवसर प्राप्त होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :मान–सम्मानमा कमी आउला । नगरेका कामको आरोप आइपर्न सक्छ । टाढाको यात्रा नगर्दा नै राम्रो होला । मन चिन्तित रहला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):दाजुभाइमा केही खटपट आइपन सक्छ । गरिराखेको काबाट हात धुनु पर्ला । दिनको उत्तराद्र्धतिर केही शुभ समाचार सुन्न आउला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):पेटसम्बन्धी समस्या आइपर्न सक्छ । ठूलै धनराशी खर्च हुनेछ । शरीर आलश्य र मनमा चिन्ताले सताउनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):आर्थिक लेनदेनमा संयमित रहनुहोला । मित्रजनहरुबाट धोका हुन सक्छ । चोटपटक तथा दुर्घटनाले प्रबल सम्भावना देखिन्छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):धातुसम्बन्धी कार्य व्यवसायबाट प्रशस्त लाभ मिल्ला । दिदीबहिनीको सहयोगमा काम गर्दा राम्रो हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):समय राम्रो छ । राजनीतिमा ख्यातियोग्य काम भइदिनाले मनमा खुशीयाली छाउला । साथीभाइको उचित माया–ममता प्राप्त होला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):समय मध्यम खालको छ । शिर तथा आँखासम्बन्धी समस्याले सताउला अनावश्यक काममा धन खर्च हुनाले मन दुःखी बन्न सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): कृषि तथा पर्यटन व्यवसायमा उचित लाभ मिल्ला । नयाँ ठाउँको भ्रमण हुने प्रबल सम्भावना छ । मित्र मिलनको योग छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय उत्तम खालको छ । धार्मिक कार्यक्रममा संलग्न भइएला । अतिथिको सेवा–सत्कारमा दिन व्यतित होला ।