[caption id="attachment_5226" align="alignleft" width="220"]
डा.अरुणकुमार सिंह[/caption]
आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ।
यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।रोग लागेका मध्ये धेरैजसो वयस्कहरूमा भाइरसको सङ्क्रमणका कारणले यो रोग लागेको पाइन्छ भने बालबालिकाहरूमा ब्याक्टेरियाको कारणले आँखा पाक्ने रोग लाग्ने गर्दछ।सामान्यतया यो रोग एक वा दुई हप्तामा निको भइसक्छ। भर्खरै जन्मेको बच्चामा हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा नियोनेटल कन्जङ्टिभाइटिस भनिन्छ। यस्तो रोगको पनि विशेष उपचार गरिनु आवस्यक हुन सक्छ। आँखा पाक्ने रोगको लक्षण तथा चिह्नहरू के हो ? आँखा रातो हुने, आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) सुन्निने तथा आँखा रसिलो हुने जस्ता लक्षणहरू सबै प्रकारका आँखा पाक्ने रोगमा देखा पर्ने लक्षणहरू हुन्।
आँखामा सङ्क्रमण भए पनि आँखाको नानीले सामान्य रूपमा काम गरेको हुनुपर्छ भने दृष्य क्षमता पनि सामान्य नै हुनु पर्छ। आँखा पाक्ने रोग भाइरसका कारणले हुने सङ्क्रमण भाइरसका कारणले हुने आँखा पाक्ने समस्या प्रायजसो माथिल्लो श्वासप्रश्वास मार्गको सङ्क्रमण, रुगा तथा घाँटी दुख्ने समस्यासँगै आउने गर्दछ। यस्तो सङ्क्रमण भएमा अत्याधिक आँसु बहने तथा चिलाउने जस्ता लक्षणहरू देखा पर्छन्। साधारणतया भाइरसको सङ्क्रमण एउटा आँखाबाट सुरु हुने गर्दछ तर सजिलै अर्को आँखामा पनि सर्न सक्छ। आँखा पाक्ने रोग एलर्जीका कारणले हुने सङ्क्रमण कुनै वस्तुको एलर्जीका कारणले आँखाको सेतो भागको बाहिरी तह (कन्जङ्टिभा) इन्फ्लामेसन भएर हुने आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा एलर्जिक कन्जङ्टिभाइटिस भनिन्छ।एलर्जी गराउने वस्तुहरू मानिस अनुसार फरक फरक हुन्छन्।यस्तो आँखा पाक्ने रोग लागेको बेलामा कन्जङ्टिभाको बाहिरी सतहका रक्तनलीहरू फुलेर आँखा रातो हुने, कन्जङ्टिभा सुन्निने, चिलाउने तथा धेरै आँसु निस्किने जस्ता लक्षणहरू देखिन्छ। यदि एलर्जीसँगै नाकभित्रको झिल्लीमा पनि इन्फ्लामेसन भएको छ भने त्यस्तो अवस्थालाई एलर्जिक राइनोकन्जङ्टिभाइटिस भनिन्छ।
मास्ट जीवकोषहरूले गर्ने हिस्टामाइन तथा अन्य सक्रिय वस्तुहरू निष्कासनका कारण लक्षणहरू देखा पर्ने गर्दछन्। त्यस्ता वस्तुहरूले रक्तनलीहरू फुलाउने, स्नायुको टुप्पाहरूमा चिलाउने र आँसुको उत्पादन बढाउने गर्दछन्। ब्याक्टेरियाका कारणले हुने सङ्क्रमण ब्याक्टेरियाका कारणले आँखा पाक्ने रोग लागेको बेलामा तिब्र गतिमा आँखा रातो हुन्छ भने आँखाको ढकनी सुन्निने तथा चिप्रा निस्कने हुन्छ। साधारणतया सुरुमा एउटा आँखामा लक्षणहरू देखिन्छ तर दुईदेखि पाँच दिनसम्ममा अर्को आँखामा पनि सरिसक्छ। पिप निकाल्ने (पायजेनिक) ब्याक्टेरियाका कारणले आँखा पाकेको छ भने आँखा चिलाउने वा बिझाउने हुन सक्छ। त्यस्तै आँखामा धागो जस्तो, अपारदर्शी, खरानी रङ्ग वा पहेलो खालको चिप्रा देखा पर्छ जसले आँखाको ढकनीलाई एकआपसमा टाँसी दिन्छ। विशेषगरी निदाएर उठ्ने बेलामा यस्तो भेटिन सक्छ। सङ्क्रमित आँखा वा आसपासको छाला अत्यन्तै कडा हुने समस्या पनि देखिन सक्छ। यो रोग लागेको बेलामा आँखामा चिलाउने वा बिझाउने महशुस हुने हुनाले बिरामीलाई आँखामा केही बाहिरी वस्तु परेको भान पर्न सक्छ।
छोटो अवधिको तर गम्भीर खालको सङ्क्रमण धेरै पीडादायी हुन्छ। साधारणतया स्टाफाइलोकोकाई र स्ट्रेप्टोकोकाई वर्गका ब्याक्टेरियाका कारणले कम असर गर्ने खालको आँखा पाक्ने रोग लाग्ने गर्दछ। क्लामिडिया, ट्राकोमाटिस वा मोराक्जेला जस्ता ब्याक्टेरियाले चिप्रा नदेखिने र आँखा कम रातो हुने तर लामो अवधिसम्म रहने खालको रोग लगाउने गर्दछन्। आँखा पाक्ने रोगको उपचार के हो ? आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ। भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन।त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन्। एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ। कन्ट्याक्ट लेन्स लगाउने तथा गनोरिया वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ।समय मा चिकत्षक को सालल्य लिनु पर्ने जरुरी छ।
लेखक धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका बालरोग बिषेशज्ञ हुन