श्री शालिवाहनीय शाके १९३८ वि.सं २०७३ साल ने.सं. ११३६ श्रावण २० गते बिहीबार ४ अगष्ट २०१६ । सौम्य नाम सम्वत्सर, दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्षको द्वितीया तिथि २५/४७ बजेसम्म–उप्रान्त तृतीया । नक्षत्र मघा २७/५२ बजेसम्म– उप्रान्त पूर्वफाल्गुनी । चन्द्रमा राशि सिंह, सूर्योदय ५/२९ सूर्यास्त ६/४९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ):समय सामान्य खालको छ । स्वास्थ्यमा समस्या आइपर्न सक्छ । गरिराखेको कार्य व्यवसायबाट मन अन्यत्रै मोडिन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पठनपाठन तथा लेखन कार्यमा सफलता प्राप्त होला । धार्मिक यात्राको शुभ अवसर प्राप्त
होला । मित्र मिलनको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय उत्तम खालको छ । राजनैतिक क्षेत्रमा विशिष्ट स्थान प्राप्त होला । समाजका गन्यमान्य व्यक्तिहरुसँग रमाइलो भेटघाट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :जग्गाजमिन तथा कृषिजन्य कार्य व्यवसायमा सफलता प्राप्त होला । मातृ पक्षको सहयोग राम्रै मिल्ला । रमाइलो यात्राको अवसर प्राप्त हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):मन आनन्दित रहला । कुनै विशेष उपहार प्राप्त होला । वेदेशिक यात्रामा भने झन्झट व्यहोर्नु पर्ला । शरीर आलस्य बन्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):समय उत्तम खालको छ । धातुजन्य कार्य व्यवसायमा पूर्ण सफलता प्राप्त होला । महिला मित्रहरुबाट उचित सहयोग मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):समय सामान्य खालको छ । मान–सम्मान, पद–प्रतिष्ठामा कमि आउन सक्छ । प्रायः काममा अवरोध आइपर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):समय उत्तम खालको छ । भौतिक सुख– सुविधाको उपयोग गर्न पाइएला । नोकरीमा स्थानान्तरण वा पदोन्नतिको सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):पठन–पाठन तथा लेखन कार्यमा विघ्नबाधा आइपर्ला । विश्वासपात्रहरुबाट विश्वासघात हुन सक्छ । यात्रा नगर्दा नै उचित होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):समय राम्रो छ । मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । घर–परिवारबाट उचित सहयोग प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): जग्गाजमिन सम्बन्धी कामबाट सोचेभन्दा राम्रो सफलता मिल्नेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त होला । मन प्रपूmल्ल रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): भौतिक सुख–सुविधामा रमाउने समय छ । धार्मिक तथा सा“स्कृतिक कार्यक्रममा संलग्न भइएला । रमाइलो यात्राको अवसर मिल्ला ।