धरान / आन्तरीक राजश्व कार्यालय धरानका कर्मचारीलाई ब्लाष्टले फेला पारेका अन्तशुल्कका नक्कली स्टिकरको पहिचान गर्न निकै हम्मे हम्मे परेको थियो । निकै समय लगाएरपछिमात्रै उनिहरु वजारमा व्लाष्टले फेला पारेका स्टिकर नक्कली भएको प्रमाणित गर्न सफल भएका थिए । कर कार्यालयको अन्तशुल्क शाखामा नै काम गर्ने कर्मचारीलाई स्टिकर पहिचान गर्न मेसिनको जरुरत भयो भने आम उपभोक्तालाई आफ्नो े हातमा भएको स्टिकर छुट्याउन कति सकस पर्छ होला । अन्तशुल्क करसहित मुल्य तिरेर खरिद गरिएका सामानमा नक्कली स्टिकर उध्योगिको मिलेमतो विना प्रयोग गर्न असम्भव नै छ । Sticker अन्तशुल्क लाग्ने उध्योगमा कर कार्यालयले नै कम्पनि मै रहने गरि कर्मचारीलाई कार्यालयसहित राख्ने गरेको भएपनि वजारमा जताततै नक्कली स्टिकर र अन्शुल्क स्टिकर विनाका सामान अनुगमनका क्रममा भेटिएका छन् । मदिरा र सुर्तीजन्य पदार्थ उत्पादक कम्पनिका संचालककै मिलेमतोमा अन्तशुल्क कर छलि भईरहेको एक सुर्ती उध्योगका संचालकले वताएका छन् । उनका अनुशार पुर्वी नेपालमा रहेका सुर्ती र मदिराजन्य उध्योगका संचालकले दुई तरिकाले अन्तशुल्क कर छलि गरिरहेका छन् । झापा , मोरङ , सुनसरी , सप्तरी र सिराहा लगायतका जिल्लामा रहेका उध्योगले नक्कली स्टिकर प्रयोग गरिएका सामान ग्रामिण ईलाकामा पठाउने र शहरी क्षेत्रमा पठाउने गरिएका सामानमा प्रयोग गरिएका स्टिकर वजारवाट प्रतिगोटा १० रुपैंयाका दरले किनेर फीर्ता लाने गरेको साना व्यापारीहरुले जानकारी गराएका छन् । वजारवाट खरिद गरेर लगिएका स्टिकरलाई उध्योगिले १० पटकसम्म प्रयोग गर्ने गरेको झापामा रहेको एक उध्योगका कामदारले जानकारी दिएका छन् । सुर्ती र गुट्खाजन्य वस्तुमा हरेक झोलामा एउटा स्टिकर प्रयोग गर्नुपर्र्ने कानुनी व्यवस्था रहेको छ भने मदिराजन्य वस्तुमा हरेक वोतलमा एउटा स्टिकर प्रयोग गर्नु पर्छ । सुर्तीजन्य वस्तुमा प्रति किलो २ सय ३० रुपैयादेखि ४ सय २० रुपैंयासम्म अन्तशुल्क कर लाग्ने गरेको छ भने मदिराजन्य वस्तुमा प्रतिलिटर ५० रुपैंया देखि १ हजार ७५ रुपैंयासम्म लाग्ने गरेको छ । मदिराजन्य वस्तुमा भने मदिराको गुणस्तर अनुशार करको दर फरक रहने राजश्व कार्यालयले जनाएको छ । मदिराको वोतलमा प्रयोग गरिने स्टिकर समेत पातलो पारदर्शी कभरले सिल गर्नुपर्ने व्यवस्था रहेको कर कार्यालयले वताएको छ तर वजारमा भेटिएका केहि उध्योगका मदिरामा भने स्टिकर कभर नगरीएको भेटिएको छ । सिमावर्ती क्षेत्र झापाको भद्रपुर आसपासको क्षेत्रमा रहेर अवैध कारोवारमा संलग्नहरुले नै भारतवाट प्रतिगोटा ५ रुपैंयाका दरले नक्कली स्टिकर किनेर नेपालसम्म ल्याउने र उध्योगिलाई विक्रि गर्ने गरेको अवैध कारोवारमा संलग्न एकले वताएका छन् । व्लाष्टले दुई साता अघि फेला पारेका नक्कली स्टिकर समेत झापामा संचालित एक उध्योगका कामदारमार्फत पहिलो पटक फेला पारेको थियो । नक्कली स्टिकर भेटिएपछि गरिएको खोजमा पुर्वी नेपालका हरेक वजारमा नक्कली स्टिकर र स्टिकर विनाका सामान भेटिएको थियो । पाँच जिल्ला हेर्दै आएको आन्तरीक राजश्ज कार्यालय धरानका कार्यावाहक कार्यालय प्रमुख अधिकृत सोमराज भारतीले नक्कली स्टिकरको विषय गम्भिर भएको वताएका छन् । उनले उनले जाली नोट र नक्कली स्टिकरको विषय उस्तै भएको वताएका छन् । उनले नक्कली स्टिकर वनाउने , प्रयोग गर्ने र वजारवाट स्टिकर किनेर पटक पटक एउटै स्टिकर प्रयोग गर्नेलाई समाएर कारवाहि गर्ने काममा सहयोग गर्न उनले आग्रह समेत गरेका छन् । राज्यलाई भनेर कर तिरेर किनिएको सामानमा सक्कली स्टिकर प्रयोग गरीएको छ कि छैन भनेर हेर्न उनले उपभोक्तासँग अनुरोध गरेका छन् । अन्तशुल्कको सक्कली स्टिकरको टल्किने भागमा अंग्रेजीमा लेखिएको छ भने रंग र गुणश्तरमा समेत केहि फरक रहेको भारतीले वताउँदे कर छलिमा संलग्नलाई करको दायरामा ल्याउन र दण्डित गर्ने काममा सहयोग गर्न अनुरोध गरेका छन् ।