धरान / आठपहरिया राई भाषामा विद्यावारधि गरेका प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई धरानमा अभिनन्दन गरिने भएको छ ।
२००९ सालमा जन्मिएका डा. न्यौपाने हालै महेन्द्र बहुमुखी क्याम्पसबाट अवकास भएका थिए । उनलाई नागरिक अभिनन्दन गरिन लागिएको छ । प्रा.डा. टङ्क न्यौपाने अभिनन्दन समारोह समितिले उनकै कदको ताम्रापत्रसहितले अभिनन्दन गरिन लागेको बिहीबार व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
भदौं १६ मा मोतीजयन्तीको अवसर पारेर डा. न्यौपानेलाई अभिनन्दनको तयारी भइरहेको व्यवस्थापन समिति संयोजक गोपिकृष्ण खतिवडाले जानकारी दिए । डा. न्यौपानेलाई इटहरीको जनता क्याम्पसबाट र्यालीसहित धरान आइपुगेर अभिनन्दन गरिन लागिएको छ ।
डा. न्यौपानेले भाषा साहित्यमा उच्च योगदान पु¥याएका छन् भने उनलाई पूर्वको नक्षत्रको रुपमा लिइन्छ । विभिन्न पुरस्कार तथा सम्मानले विभुषित डा. न्यौपानेको विषयमा लेखिएको अभिनन्द ग्रन्थसमेत विमोचन गर्न लागिएको छ ।