वि.सं. २०७३ साल भदौ ४ गते। शनिबार। इश्वी सन् २०१६ अगस्ट २० तारिख। नेपाल संवत् ११३६ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– द्वितीया, १२:१५ बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानी रोकिनाले आजको योजना स्थगित हुन सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुमाउनुपर्ने स्थिति आउन सक्छ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। rasi बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। जसको उपकार गरिन्छ, उसैबाट धोका पाइनेछ। विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। केही संघर्षपछि मात्र फाइदा उठाउन सकिनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन पनि आउन सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। सामान्य मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले मेहनतको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) परिस्थिति अनुकूल रहे पनि वादविवादले समस्या निम्त्याउन सक्छ। बोली-व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त हुनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। बलजफ्ती गर्ने बानीले हानि पुर्याउन सक्छ। सोखले खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। धैर्य एवं बुद्धि-विवेकले काम लिने चेष्टा गर्नुहोला। पुराना साथीभाइ टाढिए पनि नयाँ सहयोगी फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। परिस्थितिले चुनौती निम्त्याए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) मनको डरले सताए पनि परिस्थितिले साथ दिनेछ। पहिले ईर्ष्या गर्नेहरू सहयोगीका रूपमा देखा पर्नेछन्। बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा पशुधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अरूको विश्वास गर्दा धोका पाइनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। सोखले खर्च बढाउनेछ। कृषि तथा पशुपालनमा लगानी बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) आँटले काम लिँदा फाइदा हुनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशेष सभा–समारोहमा भाग लिने मौका छ। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) हिम्मतले काम लिँदा प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य हाभ हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । ईर्ष्या गर्नेहरूले हार खानेछन् भने चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। (नेपाली पात्रोबाट)