शनिश्चरे/नेपाली विजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल) मोरङको सातौं जिल्ला अधिवेशनले पुनः गणेश लामालाई नै अध्यक्ष चुन्दै सर्वसहमतिमा नयाँ कार्यसमिति तय गरेको छ ।
[caption id="attachment_14037" align="alignnone" width="700"]
तस्बिर भूपेन्द्र तिम्सिना[/caption]
जिल्लाको विराटचोकमा बुधबार राती सम्पन्न अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि अध्यक्षमा लामाका साथै उपाध्यक्षमा सन्त कुमाल, सचिवमा मदन परियार, सहसचिवमा सावित्रा सुवेदी, कोषाध्यक्षमा ओमप्रकाश कार्की चयन भएका छन् । सदस्यहरुमा पिताम्बर भट्टराई, दिलमाया कट्टेल, रामवती ऋषिदेव, कमला मगर, रामबहादुर खड्का, रमेश लावती, धनराज राई, नरबहादुर परियार चुनिएका हुन्
अधिवेशनमा बोल्दै क्युपेकका केन्द्रीय अध्यक्ष नरनाथ लुइटेलले सुरक्षित कार्यस्थल र मर्यादित रोजगार, असंगठित क्षेत्रमा सामाजिक सुरक्षाको आवाज उठाउँदै अवको निर्वाचनमा सवै तहमा श्रमिक मजदुरको समेत प्रतिनिधित्व आवश्यक रहेको बताए ।
कार्यक्रममा, मजदुर एकताको पक्षमा लागिपर्ने विराटनगरका बमबहादुर खड्कालाई मरणोप्रान्त सम्मान गरिएको छ । साथै लेटाङभोगटेनीकी गोमा कोरङ्गी गुरुङ, गोविन्दप्रसाद नेपाल र हलो जोत्ने महिला बेलबारी ३ की टंकमाया पिठाकोटेलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरिएको छ ।
उता, नेपाल स्वरोजगार ब्यापार श्रमिक संघको पथरीशनिश्चरेमा सम्पन्न ७ औं मोरङ जिल्ला अधिबेशनबाट प्रेमबहादुर खड्काको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा शिवबहादुर लिम्बु, सचिवमा विकास बिष्ट, सहसचिवमा हरि बराल, कोषाध्यक्षमा देविप्रसाद न्यौपाने तथा सदस्यहरुमा सावित्रा खड्का, सावित्रा खवास, तिलक थापा, भुवन बिष्ट, रामकुमार नेपाली, अग्नीप्रसाद खतिवडा, नारायण बराल, केदारप्रसाद सिवाकोटी, नारायण न्यौपाने चुनिएका छन् ।
नयाँ कार्यसमितिले पहिलो बैठकबाट बाँकी रहेको ३ सदस्य मनोनित गर्ने नव निर्वाचित सचिव बिष्टले जनाए । खगेन्द्र कार्की संयोजक तथा भानुप्रसाद खतिवडा र गोपाल पोखे्रल सदस्य रहेको सल्लाहकार समिति पनि चयन भएको छ ।