धरान/कुनै बेला टिभी कार्यक्रम ‘हिजोआजको कुरा’ चलाएर प्रख्यात बनेका सन्तोष पन्त यतिखेर केटिएम सेक्युरिटी कम्पनीका ब्राण्ड एम्बेसडर छन् ।तिनै ब्राण्ड एम्बेसडर पन्त मापासेको तालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत आफ्नै महिला सेक्युरिटी गार्डलाई यौनिक दुब्र्यबहार गरेका छन् ।

santosh- उनको साथमा केटिएमका कार्यकारी प्रमुख रामेश्वर साह, इनिस्पेक्टर विष्णु कोइराला र राजेश तामाङले दुब्र्यबहार गरेका हुन् । उनीहरुले दुब्र्यबहादर मात्रै गरेनन् जातीय हिंसासमेत गर्ने प्रयास गरेको पीडित सविता सुयेलले आरोप लगाएकी छन् । प्रतिस्ठानकाे  न्यु गल्स होस्टेलमा सुरक्षार्थ खटिएकी उनलाई सुरुमा विष्णुले बोलाएका थिए । ढोका खोल्नको लागि भनिएको थियो । तर, ढोका नखोलेपछि बारम्बार दबाव दिइएको थियो । र, ढोका खोलेपछि पनि किन ढोका खोलेको भन्दै उल्टै हप्काएको उनले बताइन् । उनीमाथि मापासेको तालमा पन्तले कम्मर भन्दा माथि पेटमा हात लगाउँदै केटिएमको तलवले मोटाएको हो भन्दै प्रश्न गरेको उनले बताइन् । उनले आफू काम गर्नु अघि पनि यति नै मोटो रहेको बताएपछि के नाम भन्दै बारम्बार प्रश्न गरेका थिए । नाम बताएपछि थरको बारेमा बारम्बार सोधेको उनले बताइन् । शारिरीक रुपमा नछोए पनि आफूलाई पनि श्रीमान भए नभएको र छोरो कत्रो भयो भन्नेसम्म प्रश्न गरेको अर्का महिला सुरक्षाकर्मी पवित्रा राईले बताइन् । उनले आफूलाई पनि बारम्बार प्रश्न सोधेर हैरान बनाएपछि सुयल भएको भवन तिर गएको उनले बताइन् । अहिले उनीहरुले चारजना विरुद्धमा इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । जसमा महिला सञ्जाल नगर समितिले सहयोग गरेको छ । महिलामाथि आफ्नै कम्पनीको प्रमुखहरुले यस्तो गरेपछि आफूहरुलाई सह्य नभएकाले पनि सञ्जालको नेतृत्वमा उजुरी दिन लगाइएको अध्यक्ष शिला बज्राचार्यले बताइन् । यता केटिएमका प्रमुख रामेश्वर साहलाई बारम्बार मोबाइल नम्बरमा सम्पर्क गर्दासमेत उनले फोन उठाएनन् । मोबाइल ब्यस्त बनाएर राखेका थिए । यता क्षेत्रीय निर्देशक रुपम लामाले घटनाको बारेमा आफूलाई भर्खरै थाहा भएकाले दुबै पक्षलाई राखेर कुरा नगरेसम्म खास भएको के हो भन्ने पत्ता लगाउन नसकिने बताए । एकपक्षीय कुरा सुन्दा भने प्रमुखहरुको गल्ती देखिएको उनले बताए । तर, बसेर छलफल गर्नु पर्ने भन्दै प्रमुखहरुको बचाउ गर्ने प्रयास गरेका थिए ।